२०७८ जेठ ५ गते १८:२० विकासन्युज
काठमाडौं । आज(जेठ ५ गते) देखि बिक्री खुला भएको प्रभु सेलेक्ट फण्डको इकाईमा पहिलो दिनमै ५१.६४ प्रतिशतभन्दा बढी आवेदन परेको छ । प्रभु क्यापिटलका अनुसार पहिलो दिन साँझसम्म ७ हजार ९७२ जना सर्वसाधारण लगानीकर्ताले ४१ करोड १४ लाख रुपैयाँ बराबरको ४ करोड ११ लाख इकाई खरिदका लागि आवेदन दिएका हुन् ।
क्यापिटलले सर्वसाधारणमा ८ करोड ५० लाख इकाई बिक्री खुला गरेकाे हाे ।
प्रभु क्यापिटलले जेठ ५ गतेदेखि प्रति इकाई १० रुपैयाँ अंकित दरमा कूल १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई म्युचुअल फण्ड बिक्रीमा ल्याएको हो । फण्डले १५ प्रतिशत इकाईमध्ये कोष प्रबद्र्धक प्रभु बैंकलाई १ करोड ४० लाख र कोष व्यवस्थापक प्रभु बैंकलाई १० लाख इकाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई बिक्री खुला गरिएको हो ।
जसमा लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । इकाई खरीदका लागि आवेदन दिने अन्तिम समय छिटोमा जेठ ९ गते आइतबारसम्म रहेको छ ।
सम्बन्धित समाचार
Copyright © 2024 Bikash Media Pvt. Ltd.