दश महिनामा वार्षिक बजेट हाराहारीको आयात

  २०७८ जेठ १० गते ११:२६     विकासन्युज

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०७७/७८ का लागि १३ खर्ब ४४ अर्ब ६८ करोड रुपैयाँ बराबरको बजेट विनियोजन गरेको थियो । कुल १४ खर्ब १२ अर्ब हाराहारिको बजेटमध्येमा अर्थबार्षिक समिक्षा गर्दा उक्त रकम विनियोजन गरिएको थियो ।

सरकारले एक वर्षका लागि छुट्टाएको बजेट हाराहारिमा १० महिनामा निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको बैशाख मसान्तसम्मको तथ्यांक अनुसार १२ खर्ब ५४ अर्ब ११ करोड रुपैयाँ बराबरको विदेशी वस्तुको आयात भएको हो ।

गत वर्षको सोही अवधिमा १० खर्ब २५ अर्ब १३ करोड ७७ लाख वस्तु तथा सेवा आयात भएको थियो । जुन यो वर्षको तुलनामा २२.३४ प्रतिशतले बढी हो ।

यस्तैगरी, दश महिनामा ३२ दशमलव १९ प्रतिशतले निर्यात भएको छ । उक्त अवधिमा १ खर्ब ८ अर्ब ४७ करोड रुपैयाँ बराबरको स्वदेशी वस्तुको निर्यात भएको हो । गत वर्षको सोही अवधिमा ८२ अर्ब ६ करोड ४६ लाख बराबरको वस्तु निर्यात भएको थियो ।

१० महिनासम्मको अवधिमा वैदेशिक व्यापार घाटा ११ खर्ब ४५ अर्ब ६३ करोड रुपैयाँ रहेको छ । गत वर्षको सोही अवधिको तुलनामा यस वर्ष आयात र निर्यातमा बृद्धि भएपनि व्यापार घाटामा कमी आएको छैन ।

आयातको तुलनामा निर्यातमा कमी आउँदा व्यापार घाटामा कमी आएको हो । गत वर्षको सोही अवधिमा नेपालले ९ खर्ब ४३ अर्ब ७ करोड ३० लाख वैदेशिक व्यापार घाटा व्यहोर्नुपरेको थियो । गत वर्षको तुलनामा यस वर्ष २१.४८ प्रतिशतले व्यापार घाटा भएको हो ।

गत वर्षको बैशाख मसान्तसम्ममा ११ खर्ब ७ अर्ब २० करोड २५ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएकोमा चालु आवको सोही अवधिमा १३ खर्ब ६२ अर्ब ५८ करोड ९९ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । जुन गत वर्षको तुलनामा २३ प्रतिशतले बढी हो ।

चालु आवको दश महिनामा कुल वैदेशिक व्यापार मध्येमा ९२.४ प्रतिशत आयात र ७.९६ प्रतिशत निर्यातमा भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.