२०७८ जेठ ११ गते १०:२४ विकासन्युज
काठमाडौं । भारतीय टाटा समूहकाे टाटा स्टिल कम्पनीले कोरोना भाइरसको कारण मृत्यु भएका कामदार तथा कर्मचारीका परिवारलाई निरन्तर तलब दिने भएको छ । टाटा कम्पनीले विज्ञप्ति जारी गर्दै मृतक कामदारहरूको परिवारलाई क्षतिपूर्ति स्वरुप निरन्तर तलब दिने जनाएको हो ।
कम्पनीका अनुसार मृतकका परिवारले कामदारको अवकास समय ६० वर्षको अवधिसम्म तलब निरन्तर प्रदान गर्ने जनाएको हो । ६० वर्षको अवधिसम्म मृतकका परिवारले निवृत्तिभरण नभएसम्म तलब, आवास र चिकित्सा सुविधाहरू पाउनेछन् ।
‘हाम्रो निर्णयले मृतकका बच्चाहरुको शिक्षा, स्वास्थ्यमा पनि ठूलो सहयोग पुग्नेछ, मृतकका बच्चाहरुले स्नातकसम्म निःशुल्क पढ्न पाउनेछन्, विज्ञप्तिमा उल्लेख छ ।’
कम्पनीले विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण कर्मचारीहरुको मृत्यु भएको प्रति दु:ख प्रकट गरेको छ । कम्पनीले कर्मचारीको सामाजिक सुरक्षाका लागि सधैँ प्रतिवद्ध भएको पनि उल्लेख गरेको छ ।
कम्पनीले आफ्नो यो निर्णयले मृतकका परिवारलाई थोरै भएपनि टेवा पुग्ने जनाएको छ । टाटा स्टील भारतमा सबैभन्दा ठूलो रोजगारदाता कम्पनी पनि हो हो । कम्पनीका अध्यक्ष उद्योगी रतन टाटा हुन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.
Sabaiko mutu chhune nirnay
Dhani chan ti soch rakhne bektitwa
Dhani chan ti udartapan manav premi
Sabaiko maya pahun unlai
We are looking this type of business personality in Nepal too. Hats off to you Ratan tata ji
Salute garxu Ratan sir ko yo decision lai.