चिकित्सककाे सल्लाह बिना जथभावी स्टेराेइडकाे प्रयाेग नगर्नु: स्वास्थ्य मन्त्रालय

  २०७८ जेठ १२ गते १७:०३     विकासन्युज

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सककाे सल्लाह बिना जथभावी स्टेराेइड र एन्टिबायाेटिक्सकाे प्रयाेग नगर्ने सबैलाई अनुराेध गरेकाे छ ।

मन्त्रालयका सहप्रवक्त डा. समिर कुमार अधिकारीले बुधबारकाे प्रेस ब्रिफिङ्गमा चिकित्सककाे सल्लाह बिना जथभावी स्टेराेइड र एन्टिबायाेटिक्सकाे प्रयाेग नगर्ने गरेका हुन् ।

यस्ता औषधीहरु स्वास्थ्यकर्मीकाे सिफिरिस र निगरानीमा रहेर मात्र प्रयाेग गर्नुपर्छ । यस्ता औषधीले शरीरमा सुगर लेभल बढाउने र अन्य विभिन्न असरहरु गर्ने हुन्छ त्यसैले याे चिकित्सककाे सिफारिस बिना कदापी पनि प्रयाेग नगर्न सबैलाई आग्रह गर्दछु,’ उनले भने ।

अनावश्यक औषधीकाे प्रयाेगले गम्भिर स्वास्थ्य समस्याहरु बढीरहेकाे कारण काेराेना सबैलाई उनले सचेत र सजक रहन आग्रह गरेका छन् ।