२०७८ जेठ १५ गते १७:२७ विकासन्युज
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा प्रदेश र स्थानीय तहलाई दिने अनुदान बढाएको छ । सरकारले आर्थिक वर्ष २०७८/७९ काे बजेटमा प्रदेश र स्थानीय तहलाई दिने अनुदानलाई बढाउँदै ४ खर्ब १३ अर्ब ९ करोड रुपैयाँ पुराएकाे हाे ।
शनिबार प्रधानमन्त्री कार्यालयबाट आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो बताएका हुन् ।
उनले प्रदेश सरकारलाई ५७ अर्ब ९५ करोड, स्थानीय तहलाई ९४ अर्ब ६५ करोड रुपैयाँ समानीकरण अनुदान उपलब्ध गराउने बताएका छन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.