कोटेश्वर भाटभटेनीका म्यानेजर प्रक्राउ

  २०७८ जेठ २४ गते १५:०७     विकासन्युज

काठमाडौं । प्रहरीले कोटेश्वर भाटभटेनी डिमार्टमेन्ट स्टोरका म्यानेजरलाई प्रक्राउ गरेको छ । निषेधाज्ञाको समयमा दिउँसो पसल खोल्ने भाटभटेनीका म्यानेजर सागर गुरुङलाई पक्राउ गरिएको हो ।

काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले आगामी जेठ ३१ गतेसम्म थप गरिएको निषेधाज्ञाको समयमा बिहान ९ बजेसम्म मात्र किराना, खाद्यान्न तथा डिपार्टमेन्टल स्टोर सञ्चालनकोे अनुमति दिईएको छ । तोकिएको समयभन्दा धेरै समय पसल सञ्चालन गरेपछि गुरुङलाई प्रक्राउ गरिएको हो ।

दिउँसो पनि खुला राखेको सूचना पाएपछि काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी नेतृत्वको टोली अनुगमनका लागि कोटेश्वरस्थित भाटभटेनी डिपार्टमेन्ट स्टोर पुगेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.