लाभांश पारित गर्न सर्वोत्तम सिमेन्टले डाक्यो विशेष साधारण सभा, पुँजीको अनुपात मिलाउने

  २०७८ जेठ २६ गते ११:४५     विकासन्युज

काठमाडौं । सर्वोत्तम सिमेन्टले आगामी असार १० गते विशेष साधारण सभा बोलाएको छ । कम्पनीले सो दिन बिहान ११ बजे तीनकुनेस्थित न्यौपानेटावरको पाँचौ तल्लाको हलमा सभा आव्हान गरेको हो ।

सभाले सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गर्दै छ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको १९.११८ प्रतिशत बोनस र कर प्रयोजनको लागि १.००६ प्रतिशत नगद गरी कूल २०.१२४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब ४० करोड रुपैयाँ रहेको छ । १९.११८ प्रतिशत बोनस पछि कम्पनीको चुक्ता पुँजी ४ अर्ब ५ करोड रुपैयाँ नाघ्ने छ ।

त्यस्तै, कम्पनीको हाल जारी तथा चुक्ता पुँजी वृद्धि गरी संस्थापक र सर्वसाधारण सेयरधनीहरुबीचको पुँजीको अनुपात मिलान गर्ने सँगै यी व्यवस्था अनुसार प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने कम्पनीले जानकारी गराएको छ ।

साथै, उक्त संशोधनमा सम्बन्धित निकायको निर्देशन अनुसार आवश्यक समायोजन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.