निषेधाज्ञामा होटल खोल्ने सञ्चालकलाई ४ लाख जरिवाना

  २०७८ जेठ ३० गते १७:१५     विकासन्युज

फाइल फाेटाे

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधाज्ञाको समयमा होटल खोलेको भन्दै जरिवाना गरेको छ । आईतबार त्रिपुरेश्वरस्थित युनाइटेड विजनेश होटलका सञ्चालक अश्विल श्रेष्ठलाई ४ लाख रुपैयाँ जरिवाना गरिएको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार होटलमा सेवाग्राहीको रुपमा गएर हो–हल्ला गर्ने थप ८ जनालाई समेत जरिवाना तिराइएको छ ।

उनीहरुलाई १५ हजार रुपैयाँको दरले जरिवाना तिराइएको हो । जरिवाना तिर्ने सेवाग्राहीमध्ये २ जना विदेशी नागरिक समेत रहेका छन् ।

सरकारले हालै जारी गरेको कोभिड(१९ संकट व्यवस्थापन गर्न बनेको अध्यादेश २०६७८ को दफा २१ को प्रावधान अनुसार उनीहरुलाई प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जरिवानाको आदेश गरेका हुन् ।

प्रशासनले यसअघि दिउँसो पसल सञ्चालन गरेको भन्दै कोटेश्वरमा रहेको भाटभटेनी सुपरमार्केटका म्यानेजरलाई जरिवाना तिराईएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.