नेशनल लाइर्फद्धारा एक करोड २४ लाख बराबरको मृत्युदाबी भुक्तानी

  २०७८ असार १३ गते १५:०४     विकासन्युज

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले डडेलधूरा शाखा कार्यालयबाट मृत्युदाबी भुक्तानी गरेको छ ।

शाखा कार्यालयले स्व पदमराज पन्तको मूत्यु दाबी भुक्तानी स्वरुप आईतबार एक करोड चौविस लाख ४८ हजार बराबरको चेक हस्तान्तरण गरिएको हो ।

पन्तले सन २०२१ फेब्रअरी २२ मा ७० लाखको दोहोरो दुर्घटना लाभ सहितको १५ वर्षे अमृत साबधिक जीवन वीमालेख खरिद गरेका थिए । २०२१ को मार्च ६ तारिखमा उनको जिप दुर्घटनाका कारण मृत्यु भएको थियो ।

कम्पनीले पन्तले श्रीमति बिमलादेबी पन्तलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरिएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.