२०७८ असार १४ गते १५:२५ विकासन्युज
काठमाडौं । नाडाले अटोमोबाइल वर्कशप, शोरुम तथा स्पेयर पार्टसमा काम गर्नेहरुको लागि खाेपको व्यवस्था गरिदिन सरकारसँग आग्रह गरेको छ । संस्थाका अध्यक्ष कृष्णप्रसाद दुलालले विशेषगरी मजदुरहरुका लागि खोप उपलब्ध गराइदिन आग्रह गरेका छन् ।
उनले यस्तो विषम परिस्थितिमा सेवा संचालन गर्दा हुने जोखिम कम गर्ने खोपको व्यवस्था गरिदिन आग्रह गरेका छन् ।
नाडाले अटोमोवाइल वर्कशप, शोरुम तथा स्पेयर पार्टस पसलहरुमा काम गर्ने व्यवसायीहरु, कर्मचारीहरु, टेक्नीसियनहरु र विशेषगरी ठूलो संख्यामा देशमा छरिएर रहेका श्रमिकहरुका लागि कोभिड(१९ विरुद्धको खोप यथासक्य छिटो उपलब्ध गराई दिन भन्दै सोमबार एक विज्ञप्ति जारी गरेको थियो ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.