सासु कोषमा आवद्ध भएका योगदानकर्ताले ८ प्रतिशत प्रतिफल पाउने, साढे ६ अर्ब रकम संकलन

  २०७८ असार १४ गते १७:५१     विकासन्युज

काठमाडौं । सामाजिक सुरक्षा कोषमा गरेको योगदान गर्नेलाई ८ प्रतिशत प्रतिफल दिने निर्णय गरेको छ । आर्थिक वर्ष २०७६÷७७ मा गरेको योगदान गरेका योगदानकर्ताले ८ प्रतिशत पाउने कोषको भनाई छ ।

कोषले सोबार पत्रकार सम्मेलनको आयोजना गर्दै आव २०७६/७७ भित्र सुचीकृत योगदानकर्ता कोषको आव २०७६/७७ को वृद्धावस्था सुरक्षा योजना अन्तरगतको संकलित योगदान रकमको लगानीबाट प्राप्त प्रतिफल ३ करोड ८० लाख १५ हजार ६ सय ९८ रुपैयाँ र ८० पैसा वितरण योग्य रकमलाई कोषमा सम्बन्धित योगदानकर्ताको योगदान रकम दाखिला भएको आधारमा ८ प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय कोषले गरेको बताएको हो ।

यो रकम कोषले सम्बन्धित योगदानकर्ताको सामाजिक सुरक्षा कोषको खातामा यथासक्य चाँडो जम्मा गर्ने बताएको छ ।
सामािजक सुरक्षा कोषमा हालसम्म कुल १४ हजार ५ सय ८० रोजगारदाताका २ लाख ५१ हजार २ सय ९२ योगदानकर्ताबाट ६ अर्ब ३९ करोड ३५ लाख योगदान रकम संकलन भएको छ ।

कोषले सञ्चालन गर्ने औषधीउपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनामा २ हजार ४७ योगदानकर्तालाई ३ करोड ९१ लाख, दुर्घटना तथा अशक्तता योजनामा ९१ योगदानकर्तालाई २६ लाख ९१ हजार, आश्रित परिवार सुरक्षा योजनामा ४१ आश्रित परिवारलाई ४८ लाख ३ हजार र वृद्धावस्था सुरक्षा योजनामा ८ सय ७४ योगदानकर्तालाई ६ करोड ९७ लाख गरी कुल ११ करोड ६२ लाख रकम दावी भुक्तानी गरिसकेको बताएको छ ।

दोस्रो संशोधनपछि कोषमा १३ सय २८ रोजगारदाता, ६४ हजार ९ सय ५६ योगदानकर्ता र २ अर्ब २१ करोड १२ लाख भन्दा बढी रकम संकलन भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.