२०७८ असार २२ गते १८:५९ विकासन्युज
काठमाडौं । डिशहोम फाइबरनेटको सेवा छिट्टै नेपालका प्रमुख शहरमा पुग्ने भएको छ । उक्त सेवा पोखरा, नेपालगञ्ज, धनगढी, विर्तामोड, जनकपूर, विरगंज लगायत अन्य स्थानमा पनि पुग्दै छ ।
काठमाडौं, भक्तपुर, ललितपुर, हेटौडा, ईनरुवा र ईटहरीमा यस अघि नै डिशहोम फाइबरनेटको सेवा पुगिसकेको छ । समग्र नेपालमा पुग्ने लक्ष्य लिएको डिशहोम फाइबरनेट हाल बर्दिवास, बुटवल, ढल्केबर र शंखमुल पुगेको छ ।
डिशहोम फाइबरनेट देशबासिहरु माझ उच्च गतिको इन्टरनेट सेवाको मागलाई मध्यनजर गरि आफ्ना डीटीएच प्रयोगकर्ताहरुको माग पूरा गर्न सन् २०२०मा डिशहोमले सुरु गरेको हो । डिशहोमको फाइबरनेट प्रत्येक व्यवसाय र बासिन्दालाई छिटो, किफायती र भरपर्दो सेवा प्रदान गर्न प्रतिबद्ध रहेको छ ।
डिशहोम फाइबरनेटका साथमा उत्कृष्ट इन्टरनेट कनेक्सनको अनुभव सहित, डिशहोमका ग्राहकहरुका लागी डिशहोम टिभीको निःशुल्क सदस्यता, आकर्षक छुटहरु, निःशुल्क डिशहोम गो एप र एक्सभीओडी जस्ता विभिन्न सुविधाहरु उपलब्ध छन् । फाइबरनेटका योजनाहरु १० एमबीपीएसदेखि १०० एमबीपीएससम्म उपलब्ध छन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.