नेप्सेमा साढे ५७ लाख कित्ता बोनस सेयर थपियो, सबैभन्दा बढी लघुवित्तको 

  २०७८ असार २५ गते १४:५२     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा कूल ५७ लाख ४२ हजार २०२ कित्ता सेयर सूचीकृत भएका छन् । यो साता विभिन्न ८ वटा कम्पनीको सो मात्राको सेयर सूचीकृत भएको हो ।

जसमध्ये अधिकांश लघुवित्त समूहका कम्पनी रहेका छन् । कूल ८ वटा कम्पनीमध्ये ६ वटा लघुवित्त मात्रै रहेका छन् भने बाँकी दुईवटा मध्ये एउटा इन्स्योरेन्स र अर्को विकास बैंक रहेका छन् ।

यो अवधिमा अधिकांश कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । र, एक कम्पनीको संस्थापक सेयर नेप्सेमा सूचीकृत भएको छ । यससँगै यी सबै संस्थाको सूचीकृत सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण हुने छ र दोश्रो बजारमा किनबेच गर्न मिल्ने छ ।

कसको कति ?

सांग्रिला डेभलपमेन्ट बैंक
सांग्रिलाको ५ प्रतिशत अर्थात १३ लाख ३ हजार ३२० कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ ।

मिर्मिरे लघुवित्त
यो साता मिर्मिरे लघुवित्तको बोनस र संस्थापक दुबै सेयर सूचीकृत भएको छ । संस्था ९.१९९८ प्रतिशत बोनस सेयर अर्थात ३ लाख ६४ हजार ४४८ कित्ता सेयर नेप्सेमा थपिएको हो । त्यस्तै, संस्थाको २४ लाख ७९६ कित्ता संस्थापक सेयर सूचीकृत भएको छ । जुन संस्थाले स्वेदा लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्नुअघि नै कल इन एडभान्समा जारी गरिएको संस्थापक सेयर हो ।

स्वरोजगार लघुवित्त 
स्वरोजगार लघुवित्त वित्तीय संस्थाको १२.३९ प्रतिशत अर्थात ४ लाख ५३ हजार ४२१ कित्ता बोनस सेयर यसै साता नेप्सेमा सूचीकृत भएको हो ।

निर्धन उत्थान लघुवित्त
निर्धन उत्थानको सबैभन्दा बढी अर्थात १३ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो । संस्थाको यसै साता १९ लाख ५० हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेशनल माइक्रोफाइनान्स लघुवित्त
नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको २१ प्रतिशत अर्थात ५ लाख ५४ हजार ४९५ कित्ता बोनस सेयर नेप्सेमा थपिएको हो ।

महिला सहयात्रा लघुवित्त
त्यसैगरी, महिला सहयात्राको पनि १० प्रतिशत अर्थात १ लाख ३३ हजार १०० कित्ता बोनस सेयर हालै दोश्रो बजारमा सूचीकृत भएको छ ।

सिभिल लघुवित्त
सिभिल लघुवित्त वित्तीय संस्थाको पनि यसै साता ३.५ प्रतिशत अर्थात ८१ हजार ८७६ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

एभरेष्ट इन्स्योरेन्स
यो साता इन्स्योरेन्स कम्पनीमध्ये एभरेष्ट इन्स्योरेन्सको मात्रै बोनस सेयर सूचीकृत भएको छ । इन्स्योरेन्सको हालै ८ प्रतिशत अर्थात ८ लाख ७६ हजार ७४४ कित्ता बोनस सेयर नेप्सेमा थपिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.