२०७८ असार २८ गते १४:३४ विकासन्युज
काठमाडाैं । सर्वोच्चकाे निर्णय जारी भएसँगैं आगामी योजनाबारे छलफल गर्न विपक्षी गठबन्धनको बैठक बस्ने भएकाे छ ।
नेकपा एमालेका नेता माधवकुमार नेपालसहित विपक्षी ५ दलका शीर्ष नेताहरू बैठक बस्ने भएका छन् । बैठक साँझ ५ बजे सिंहदरबारमा बस्न लागेको बताइएकाे छ ।
सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै साेमबार(असार २८ गते) दिउँसाे बदर गरेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.