सिवाईसी र शालिग्रामको एकीकृत कारोबार शुरु, अध्यक्ष भन्छन्- नाफामा मात्रै केन्द्रीत हुँदैनौं

  २०७८ असार २९ गते २१:२०     विकासन्युज

बागलुङ । बागलुङको सिवाईसी नेपाल लघुवित्त र बेनी म्याग्दीको शालिग्राम लघुवित्त वित्तीय संस्थाकोे एकीकृत कारोबार शुरु भएको छ । राष्ट्रियस्तरको सिवाईसी नेपाल लघुवित्तले प्रदेशस्तरको शालिग्राम लघुवित्त वित्तीय संस्थालाई प्राप्ती गरी असार २८ गतेदेखि एकीकृत कारोबार शुरु गरेको हो ।

एकिकृत कारोवारको शुभारम्भ सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको मुख्य पूवद्र्धक संस्था चारतारे युवा क्लव नेपालका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेल, सिवाईसीका अध्यक्ष पद्मनाथ शर्मा र शालिग्रामका अध्यक्ष कृष्ण बहादुर थापाले संयुक्त रुपमा दिप प्रज्वलन, व्यानर अनावरण र रिवन काटेर गरेका थिए ।

कार्यक्रममा बोल्दै पौडेलले दुई वित्तीय संस्था गाभिएपछि संस्था थप सबल भएको बताए । उनले ग्रामिण क्षेत्रका लक्षित वर्गमा अझै पनि लघुवित्त संस्था नपुगेको बताउँदै ती वर्गमा गएर जनताको सेवामा समेत ध्यान दिन आग्रह गरे । संस्था ठूलो हुँदा क्षमता पनि बढ्ने बताउँदै पौडेलले लघुवित्त संस्थाहरुले नाफामा मात्र केन्द्रीत नभई सदस्यमैत्री सेवाहरु पनि सञ्चालन गर्ने कुरामा जोड दिएका थिए ।

कार्यक्रममा शालिग्राम लघुवित्तका अध्यक्ष कृष्णवहादुर थापाले शुभकामना मन्तव्य राखेका थिए ।

गत जेठ १४ गते छुट्टाछुट्टै बसेको संस्थाहरुको विशेष साधारण सभाले सिवाईसीले शालिग्रामलाई प्राप्ति गर्ने प्रस्ताव पारित गरेको थियो । एकिकृत कारोबारका लागि नेपाल राष्ट्र बैंकले असार १५ गते र कम्पनी रजिष्ट्रारको कार्यालयले असार २५ गते अन्तिम स्वीकृत प्रदान गरेका थिए ।

एकिकृत कारोवार शुभारम्भ समारोहमा संस्थाका प्रवन्ध सञ्चालक डोलिन्द्रप्रसाद शर्माले संस्थाको चुक्ता पुँजी १२ करोड १६ लाख ४१ हजार ८ सय ३७, कर्मचारी १ सय ८६, शाखा कार्यालय ३८, सदस्य संख्या ४८ हजार, लगानीमा बाँकी रहेको कर्जा १ अर्ब ७५ करोड र बचत ८८ करोड रहेको जानकारी गराएका थिए । उनले आर्थिक वर्ष २०७८/०७९ लाई सिवाईसीले विगतमा गरेका सबै कामहरुलाई दोब्बर गराउने लक्ष्य रहेकाले सबैको साथ र सहयोगको अपेक्षा राखेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.