२०७३ असार १९ गते १३:१९ विकासन्युज
काठमाडौं, १९ असार । गोल्छा अर्गनाईजेसनअन्तर्गतको हिम इलेक्ट्रोनिक्स प्रा.लि.ले नोरफ्रोस्ट डिप फ्रिजर नेपाली बजारमा उपलब्ध गराएको छ ।
कम्पनीका अनुसार नोरफ्रोस्ट डिप फ्रिजरको उत्पादनहरु बेलायतमा चार दशक अघि शुरु भएको हो । बेलायती उपभोक्ताहरु माझ निकै लोकप्रिय ब्राण्डको रुपमा स्थापित भएको छ । चेस्ट फ्रिजर अब एबाक कम्पनीले उत्पादन गर्ने भएको छ , जसले यसको ४० वर्षदेखिको गुणस्तर र कार्यदक्षतालाई निरन्तर सुनिश्चित गर्ने कम्पनीले जनाएको छ ।
बजारमा डिप फ्रिजरअन्तर्गतका मोडलहरु १०० लीटर, १७५ लीटर र २१५ लीटरमा उपलब्ध छन् । उपभोक्ताहरुले यी डिप फ्रिजरहरु दुईवटा गुणस्तरीय रंगहरु सेतो र सिल्भरमा छनौट गर्न सक्ने कम्पनीले बताएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.