भिड धेरै भएपछि टेकु अस्पतालले राेक्याे खाेप अभियान

  २०७८ साउन ४ गते १२:४९     विकासन्युज

काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले भिड थेग्न नसकेपछि खोप अभियान केही समयको लागि रोकेको छ ।

काठमाडौं उपत्यकामा आजबाट सुरु भएको जोन्सन एण्ड जोन्सनको खोप लगाउने मानिसहरुको भिड अत्याधिक भएपछि अस्पतालले केही समयको लागि रोकेको खोप अभियान रोकेको हो ।

अमेरिकाले दिएको यस खोप एक डोज लगाए पुग्दछ ।