सूर्य नेपालद्वारा कोभिड–१९ प्रकोप व्यवस्थापन कोषमा ५० लाख सहयोग

  २०७८ साउन ४ गते १५:१५     विकासन्युज

काठमाडाैं । सूर्य नेपाल तनहुँले शुक्लागण्डकी नगरपालिका तथा र म्याग्दे गाउँपालिकाको “कोभिड–१९ प्रकोप व्यवस्थापन कोष” मा क्रमस ३० लाख र २० लाख गरी जम्मा ५० लाख रुपयाँको सहयोग गरेको छ ।

आज एक कार्यक्रमकोबीच सूर्य नेपाल तनहुँका कारखाना व्यवस्थापक बाबुराम कार्कीले सो रकम हस्तान्तरण गरेका हुन् ।

कम्पनीकाे मानव संसाधन प्रमुख अन्जन दुवाडिले यस क्षेत्रको दीर्घकालिन बिकासको लागि स्थानिय संग सहकार्य गर्दै अघि बढ्न सूर्य नेपाल प्रा.लि सदैव तयार रहेको जानकारि दिनु भयो ।

सूर्य नेपालले गत वर्ष पनि शुक्लागण्डकी नगरपालिका तनहूँको “कोभिड–१९ प्रकोप व्यवस्थापन कोष” मा दश लाख तथा सात वटै प्रदेशमा एक–एक करोड प्रदान गरेको थियो ।

कम्पनीले यस क्षेत्रमा आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गतका विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको छ ।

कम्पनिले गत आ.व. मा पनि म्याग्दे गाउँपालिका र शुक्लागण्डकी नगरपालिकालाई १–१ थान एम्बुलेन्स प्रदान गरेको थियो ।

त्यस्तै कोभिड–१९ को रोकथाम तथा उपचारको लागि यस क्षेत्रका बिभिन्न अस्पतालहरु तथा स्थानियबासीहरुलाई विभिन्न स्वास्थ्य सामाग्रीहरु वितरण गरी कोभिड–१९ को महामारीविरुद्ध लड्न सहयोग गर्दै आईरहेको छ ।