जमलको जुत्ताघरमा समर सेल मेला, भाग्यमानीले पाए मोटरसाइकल

  २०७३ असार २० गते १०:३९     विकासन्युज

काठमाडौं, २० असार । राजधानीको जमलस्थित नाचघरमा रहेको नेपाली जुत्ता घरमा बृहत समर सेल मेला सुरु भएको छ । नेपाली जुत्ता उत्पादक कम्पनीहरुले मिलेर स्थापना गरेको नेपाली जुत्ता घर प्रालीले आयोजना गरेको मेलामा ७० प्रतिशतसम्म छुट सुबिधा प्राप्त हुनेछ ।
summer_sell
जुत्ता मेलामा शिखर सुज, बिएफ डियरहिल सुज, स्काई सुज, क्रस रोड, कोशेली, सफट् टच, लेदर विंग्स, टाकुरा, इजी र शुल् ल्याण्ड गरि १० वटा कम्पनीका सबै खाले जुत्ता चप्पलहरु सेल गरिनेछन् । समर सेलमा ५० हजार जोर जुत्ता चप्पल बिक्रि गर्ने लक्ष्य रहेको बिएफ डियर हिल सुजका प्रबन्ध निर्देशक होमनाथ उपाध्यायले बताए ।

मेलाको उद्घाटन गर्दै नेपाल उद्योेग बाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले नेपालका उद्योगी व्यवसायीलाई प्रोत्साहन गरे मात्रै आत्मनिर्भर अर्थतन्त्रको जग बस्ने बताए । स्वदेशी उद्योग धन्दाको प्रवद्र्धनका लागि सरकार गम्भिर नभएको आरोप समेत लगाए । त्यस्तै, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य तथा शिखर सुजका प्रबन्ध निर्देशक रामकृष्ण प्रसाईले पनि स्वदेशी उद्योगको प्रवद्र्धनमा जोड दिए ।

को होला भाग्य मानी ?
कार्यक्रममा नेपाली जुत्ता घर प्रालीले गत दशैं तिहारमा ल्याएको स्क्र्याचमा मनी, बम्परमा बाइक धनी उपहार योजनाको लक्की ड्र समेत गरेको छ । लक्की ड्रमा प्रथम हुनेले मोटरसाइकल, द्धितिय हुनेलाई ल्यापटप,तृतिय हुनेलाई २१ इञ्चको एलइडी टीभी र सान्त्वना हुने १० जनालाई एक एक वटा राइस कुकर प्रदान गरिनेछ । उनीहरुलाई १० दिन भित्रै सम्पर्क गर्न पनि नेपाली जुत्ता घर प्रालीले अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.