२०७८ साउन ७ गते १२:२८ विकासन्युज
काठमाडौं । भक्तपुर नगरपालिकामा आज र भोलि (साउन ७ र ८) पनि जोन्सन एण्ड जोन्सनकाे खाेप लगाइने भएको छ ।
नगरपालिकाका जनस्वास्थ्य प्रमुख रत्न सुन्दर लासिवाले ५० देखि ५४ वर्षको लागि जोन्सन एण्ड जोन्सनको खोप लगाउने जानकारी दिए ।
नगरपालिकाले साउन ५ र ६ गते पनि जाेन्सन एण्ड जाेन्सनकाे खोप कार्यक्रम सञ्चालन गरेको थियो । तर, खोप बाँकी भएकाले दिन थपिएकाे उनले बताए ।
नगरपालिकाले खोप केन्द्रको लागि सबैलाई नजिकैको वडा कार्यालयमा सम्पर्क गर्नको लागि आग्रह गरेको छ ।
नगरपालिकाले आज र भोलि पूर्ण र अति अशक्त अपाङ्गता भएर रातो र निलो कार्ड प्राप्त गरेका व्यक्ति, नेपालमा बसोबास गरिरहेका शरणार्थी र यसअघि छुटेका स्वास्थ्यकर्मी तथा सफाइकर्मीलाई उक्त खोप दिनेछ ।
जोन्सन एण्ड जोन्सनकाे खोप अमेरिकी सरकारबाट सहयोगस्वरुप प्राप्त भएको हो । यो खोप एक डोज लगाए पुग्छ ।
नगरपालिकाभित्र उक्त खोप बिहान १० बजे देखि दिउँसो २ बजेसम्म लगाइने व्यवस्था रहेको लासिवाले बताए ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.