हिमालयन बैंक र ट्रयाङ्गलोबीच रेमिट्यान्स सम्बन्धि सम्झौता

  २०७३ असार २० गते ११:२६     विकासन्युज

काठमाडौं, २० असार । हिमालयन बैंक लिमिटेड र ट्रयाङ्गलो सिन्डरिन बर्हाड, मलेसिया बीच रेमिट्यान्स सेवा सम्बन्धि सम्झौता भएको छ । उक्त रेमिट्यान्स सेवा सम्बन्धि सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर ज.ब.रा. तथा ट्रयाङ्ग्लोको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सिया हुई योंगले हस्ताक्षर गरेका छन् ।

HBL_Trangloमलेसियाको कुआलालम्पुरमा प्रधान कार्यालय भएको ट्रयाङ्गलोको इन्डोनोसिया, मध्यपूर्व तथा संयुक्त अधिराज्यमा अन्तर्राष्ट्रिय शाखा कार्यालय रहेका छन् । ट्रयाङ्गलोले विश्वका करीब ८० देशहरुमा सहज, सुलभ र सुरक्षित विप्रेषण तथा प्रिपेड कार्ड सेवा प्रदान गरिरहेको छ । मलेसियन सरकारको स्वामित्व भएको ‘इकयूनाज’को लागानी रहेको ट्रयाङ्गलोेको एशियामा फिलिपिन्स, बाङ्गलादेश, भारत, चीन, श्रीलंका लगायतका दशवटा देशहरुमा रेमिट्यान्स भुक्तानी केन्द्रहरु समेत संचालनमा छन् ।

हिमालयन बैंक तथा ट्रयाङ्गलोबीचको यस सम्झौताबाट विदेशमा कार्यरत करीव २२ लाख नेपालीहरुले सरल र सुरक्षित विप्रेषण सेवाको उपभोग गर्न पाउनेछन् । ट्रयाङ्गलोेको माध्यमवाट नेपाल आउने विप्रेषण बैंकको ४२ वटै शाखा तथा ७५०० भन्दा बढी हिमालरेमिट काउन्टरबाट तत्कालै भुक्तानी लिन सकिनेछ । हिमाल रेमिट बैंकको आफ्नै अनलाईन रेमिट्यान्स सेवा हो । बैंकको रेमिट्यान्स सेवाको लागि विश्वभरी ९० भन्दा बढी अन्तर्राष्ट्रिय व्यवसायिक साझेदाहरु रहेका विज्ञेप्तिमा उल्लेख छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.