विद्युत महसुल घटाउने सरकारको तयारी, प्रसारण लाइन निर्माणमा तीव्रता दिन उर्जामन्त्रीको निर्देशन

  २०७८ साउन १२ गते १७:२४     विकासन्युज

काठमाडौं । सरकारले विद्युत महसुल घटाउने तयारी गरिरहेको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले सरकारले अहिले सरकारले विद्युत महसुल घटाउने तयारी गरिरहेको बताइन् ।

उनका अनुसार अहिले मन्त्रालयले विद्युत महसुल घटाउने बारे तयारी गरिरहेको छ । मंगलबार स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) सँग भेटवार्ता गर्दै उनले विद्युत महसुल घटाउने बारे गुहकार्य भइरहेको बताएकी हुन् ।

उनले विद्युत्को पहुँच नपुगेका जनतामा विद्युत् पु¥याउन र खपत बढाउनका लागि आफूले विद्युत् महसुल घटाउने योजना ल्याउन लागेको बताएकी हुन् ।

‘घरेलु उपभोग र कृषिमा ऊर्जा उपभोग बढाउनका लागि पनि विद्युत् दरमा समायोजन आवश्यक छ, पिपिए गर्ने तर प्रशारणलाइन बनाउन नसक्ने अवस्था पनि उपयुक्त होइन,’ उनले भनिन् ।

उनले प्रशारण संरचनाको निर्माण तीब्रताका साथ अघि बढाउन पनि निर्देशन दिएकी छन् । यस्तै, उनले ऊर्जा क्षेत्रको विकासमा हुने ढिलासुस्ती कम गर्नेतर्फ आफ्नो ध्यान जाने पनि बताइन् । उनले सानो कामका लागि पनि धेरै समय अल्झिनुपर्ने अवस्थामा सुधार आउनुपर्ने बताइन् ।

‘गरे पनि हुने, नगरे पनि हुने अवस्था राम्रो होइन, हुँदैन भने सेवाग्राही पछि फर्कन्छ नि १ समयको विलम्ब पनि अरु आर्थिक भ्रष्टाचारभन्दा कम होइन, ’ उनले भनिन् ।

एउटै रुखका कारण वर्षौँसम्म काम रोएिको बताउँदै उनले त्यसलाई छिटोछरितो ढङ्गमा काम गर्नु पर्ने धारणा राखिन् । विद्युत् खपत बढाउनेतर्फ मन्त्रालयले गृहकार्य गरिहेको बताउँदै मन्त्री भुसालले उद्योग, यातायात, कृषिलगायत क्षेत्रबाट हामीले विद्युत् खपत सक्छौँ त्यसतर्फ सबै क्षेत्रको सहकार्य आवश्यक रहेको धारणा राखिन् ।

इपानका अध्यक्ष कृष्ण आचार्यले ऊर्जामा निजी क्षेत्रले काम गर्नका लागि सात मन्त्रालय र २३ विभागमा पुग्नुपर्ने बाध्यता रहेको भन्दै एकद्वार नीतिमार्फत सेवा लिने व्यवस्था मिलाउन अनुरोध गरे ।