अटोमोबाइल क्षेत्र गतिशील बनाउन सहयाेग गर्न प्रधानमन्त्रीसँग आग्रह

  २०७८ साउन २० गते १६:५१     विकासन्युज

काठमाडाैं । नाडाले प्रधानमन्त्री शेरवहादुर देउवालाई अटोमोबाइल क्षेत्र गतिशिल अवस्थामा पुर्याउन सरकारबाट विशेष पहल गरिदिन आग्रह गरेकाे छ ।

नाडाकाे उपाध्यक्ष करण चौधरीको नेतृत्वमा गएकार् ७ सदस्यी प्रतिनिधि मण्डल बुधबार प्रधानमन्त्रीलाई भेटी यस्ताे आग्रह गरेकाे हाे ।

सरकारले आम जनताको स्वास्थ्य रक्षाको लागि लगाएको बन्दाबन्दीको कारण समग्र अटोमोबाइल क्षेत्र नै धरापमा परेको बताए ।

त्यसैगरी सो भेटघाट तथा छलफलमा केन्द्रीय कार्य समिति सदस्य, सार्वजनिक सवारी साधन समिति तथा सडक शुरक्षा तथा वातावरण समितिका सभापति राजनबानु श्रेष्ठले लामो बन्दाबन्दीका कारण बस, मिनिबस र माइक्रोबस व्यवसायीहरु ठूलो मर्कामा परेकोले उनीहरुको राहतका लागि सरकारले अन्य व्यवसायीहरुलाई उपलब्ध गराउँदै आएको जस्तै आर्थिक राहत ती व्यवसायीहरुलाई पनि उपलब्ध गराउने व्यवस्थाका लागि आग्रह गरे ।

सो छलफलमा उनले वन तथा वातावरण मन्त्रालयले जीप, कार भ्यान र मोटरसाइकलमा युरो सिक्स बिएस फाइभ लागु गर्न लागेको विषय सराहनिय भए पनि त्यसको कार्यान्वयनका लागि व्यवसायीहरुलाई पर्याप्त समय उपलब्ध गराई दिने व्यवस्थाका लागि प्रधानमन्त्रीसँग आग्रह समेत गरे ।

सो छलफलमा नाडाका अर्का उपाध्यक्ष आकाश गोल्छा, सचिव अनुप बराल, सह-कोषाध्यक्ष विक्रम सिंहानिया, केन्द्रीय कार्यसमिति सदस्य दिपक अग्रवाल र एशोसिएशन सचिव सुरेन्द्र प्रधान समेतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.