संशोधन आवश्यक भन्दै मन्त्रिपरिषद्बाट फिर्ता पठाईयो हवाई नीति

  २०७८ साउन २२ गते ११:४२     विकासन्युज

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तयार गरेको हवाई नीति २०७७ मन्त्रिपरिषद्को बैठकबाट फिर्ता भएको छ । गत फागुनमा मन्त्रिपरिषद्को बैठकमा पठाईएको उक्त नीति बिहीबार मन्त्रालयमा फिर्ता पठाईएको हो ।

उक्त नीतिमा संशोधन आवश्यक रहेको भन्दै मस्यौदा फिर्ता पठाईएको जानकारी आएको पर्यटन मन्त्रालय स्रोतले जनाएको छ ।

मन्त्रालयले हवाई क्षेत्रको सुधार र विकासका लागि भन्दै मन्त्रालयले तयार पारेको नयाँ हवाई नीति २०७७ लामो समयदेखि मन्त्रिपरिषद्मै रोकिएको थियो ।

यसअघि नै मन्त्रिपरिषद्मा दर्ता भएतापनि स्वीकृति नभएको भन्दै शेरबादुर देउवा सरकारले स्वीकृत नगरेको मन्त्रालयका अधिकारीहरु बताउँछन् उनिहरुका अनुसार हवाई नीति सगैँ अन्य तीन वटा प्रस्तावसमेत फिर्ता आएको छ ।

राष्ट्रिय हवाई नीति २०५० लाई १३ वर्षपछि परिमार्जन गरी २०६३ लागू भएको थियो । अहिले झण्डै डेढ दशकपछि नयाँ नीतिको मस्यौदा तयार पारिएको थियो ।

नयाँ नीतिमा वायुसेवा कम्पनीहरुलाई मर्जमा जान प्रोत्साहन गर्नेदेखि अन्तर प्रदेश उडानमा छुट दिने विषय समावेश भएका छन् ।
यसैगरी, नीतिमा वायुसेवा कम्पनी खोल्न आवश्यक पर्ने पुँजी बढाउने र पुराना वायुयान आयातमा थप कडाइ गर्ने विषयसमेत समावेश गरिएको छ । साथै हवाई क्षेत्रमा दक्ष जनशक्ति उत्पादनमा जोड दिन फ्लाइङ स्कुलको विषय पनि अगाडि बढाइएको छ भने कुनै व्यक्ति वा संस्थाले निजी प्रयोजनका लागि समेत विमान राख्न पाउने व्यवस्था नीतिमा गरिएको छ ।

यस्तै, नीतिमा विमानस्थलको निर्माण र सञ्चालन गर्ने अधिकार निजी क्षेत्रलाई पनि दिइने र विमानस्थल निर्माणमा ३ तहको लगानी रहने विषय समावेश गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.