२०७८ साउन २४ गते १७:०५ विकासन्युज
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ५४८ जनामा संक्रमण पुष्टि भएको छ ।
९ हजार ३३ पीसीआर परीक्षण गर्दा २ हजार १३७ जना र ३ हजार ३४५ एन्टिजेन परीक्षण गर्दा ४११ गरी २ हजार ५४८ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै, सोही अवधिमा ५५ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण हालसम्म १० हजार ९३ जनाकाे मृत्यु भएको छ ।
साथै पछिल्लो २४ घण्टामा २ हजार २९ जना संक्रमणमुक्त भएका छन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.