२०७८ साउन ३२ गते १०:०३ विकासन्युज
काठमाडौं । कोभिड–१९ को महामारीको संकटमा रहेका विरामीहरुको सहयोगार्थ अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी र स्वयंसेवकहरुको सुरक्षा अभिबृद्धिका लागि नेपाल रेडक्रस सोसाइटी र कोका–कोला फाउण्डेशनको साझेदारीमा स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गर्ने कार्य जारी रहेको छ ।
उक्त कार्यक्रम अन्र्तगत काठमाडौंको बालाजुस्थित जनमैत्री अस्पताल तथा ललितपुरको पाटन अस्पतालमा स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरिएको छ । नेपाल रेडक्रस सोसाइटी स्वास्थ्य सेवा विभागका निर्देशक डाक्टर मनिता राजकर्णिकार र कोका–कोलाका संजीव श्रेष्ठ (प्लान्ट अपरेशन म्यानेजर) ले जनमैत्री अस्पतालका व्यवस्थापक ब्रम्हशंकर चौधरीलाई सामाग्री हस्तान्तरण गरेका हुन ।
यस्तै, पाटन अस्पतालका निर्देशक प्रा.डा. रवि शाक्यलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको थियो । हस्तान्तरण गरिएका सामाग्रीहरुमा प्रत्येक अस्पताललाई १२ हजार पाँचसय सर्जिकल मास्क, ९ सय ६० बोतल ह्याण्ड स्यानीटाइजर, पाँच हजार जोडी पञ्जा रहेका छन् ।
नेपाल रेडक्रसले कोका–कोला फाउण्डेशनसँगको साझेदारीमा जिल्लाहरुमा पनि स्वास्थ्य सुरक्षा सामाग्री वितरणलाई निरन्तरता दिएको छ । फाउण्डेशनसँगको साझेदारीमा कार्यक्रम सञ्चालन भइरहेका जिल्लाहरु काठमाडौं, भक्तपुर, ललितपुर, धादिङ, चितवन, गोरखा, तनहुँ, लमजुङ, कास्की र पूर्वी नवलपरासी गरी १० जिल्लालाई प्रति जिल्ला एक हजार वटा मास्क, चार सय ८० बोतल स्यानीटाइजर, दुई हजार जोडी पञ्जा तथा ५० वटा फेस शिल्ड वितरण गरिएको छ ।
नेपाल सरकारले सञ्चालन गर्ने खोप केन्द्रहरुमा नेरेसोका स्वंयसेबक परिचालन गर्नुका साथै उमेर समुहका अति बिपन्न अपाङ्गता भएका ब्यक्तिहरुलाई खोपको सहज पँहुचका लागि यातायातको समेत ब्यबस्थापन गर्नका लागि नेपाल रेडक्रस सोसाइटी (नेरेसो) ले कोका–कोलासँग साझेदारी गरिरहेको छ
Copyright © 2025 Bikash Media Pvt. Ltd.