२०७८ साउन ३२ गते ११:४९ विकासन्युज
काठमाडौं । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले अफगानिस्तामा रहेका नेपालीहरूलाई छिटो उद्धार गर्ने निर्णय गरेको छ।
अफगानिस्तानमा पछिल्लो समय भएको घटनाप्रति गम्भीर चासो राख्दै त्यहाँ रहेका नेपालीलाई सकुशल रूपमा छिटो उद्धार गर्ने निर्णय भएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
सोमबार बिहानै प्रधानमन्त्री शेरवहादुर देउवाले ट्वीट गर्दै अफगानिस्तानमा रहेका नेपालीको उद्धार गर्न सरकार गम्भीर रहेको जनाएका थिए ।
यसअघि सोमबार परराष्ट्र मन्त्रालयले सहसचिवको नेतृत्वमा अफगानिस्तानमा रहेका नेपालीको उद्धारका लागि एक समिति गठन गरेको थियो ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.