कसमस डेभलपमेन्ट बैंकको पाँच लाख कित्ता हकप्रद सेयर साउन ११ देखि

  २०७३ असार २७ गते ४:३४     विकासन्युज

cosmos_dev_bankकाठमाडौं, २७ असार । कसमस डभलपमेन्ट बैंकले साउन ११ गतेदेखि ५ लाख तीन हजार एक सय २५ कित्ता हकप्रद सेयर जारी गर्ने भएको छ । कसमसले एक बराबर एक कित्ताको अनुपातमा एक सय रुपैंयाँ मुल्यका हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

हकप्रद सेयरको निष्काशन भदौ ३ गते बन्द हुनेछ । बैंकले हाल कायम रहेको पाँच करोड तीन लाख १२ हजार पाँच सयको चुक्ता पुँजीलाई दुई गुणा बढाउन हकप्रद सेयर जारी गर्न लागेको हो ।
बैंकले चैत मसान्तसम्ममा एक करोड ७० लाख नाफा कमाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.