पिजनका उत्पादनहरु अब नेपाली बजारमा

  २०७३ असार २९ गते १२:४५     विकासन्युज

काठमाडौं, २९ असार । पिजन ब्राण्डले आफ्ना उत्पादनहरु अब नेपाली बजारमा ल्याएको छ । जापानमा निर्मित उक्त ब्राण्डका सामान आमा र शिशुहरुका लागि उपयोगी रहेको कम्पनीले जनाएको छ ।

pigeonविगत ६० बर्षदेखि संसारका विभिन्न देशमा आफ्नो गुणस्तरका कारण पिजनका उत्पादन लोकप्रिय हुदै आएको कम्पनीले बताएको छ । त्यसलाई अब नेपाली उपभोक्ता समक्ष ल्याइएको छ । कम्पनीका अनुसार यी उत्पादनहरुमा दुधको वोतल, निप्पल, शिशु स्याहार तथा स्वास्थ्य सम्बन्धी सामग्रीहरु छन् । पिजन नेपालका प्रमुख शहरहरुमा उपलब्ध छन् ।

नेपालमा यसको आयात तथा बजारीकरणको दायित्व प्रसिद्घ व्यापारिक समूह गोल्छा अर्गनाइजेसन अन्तर्गत फष्ट स्टेप डिष्ट्रिव्यूटरले लिएको कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.