मेगा बैंकको नाफा ९१ करोड, इपीएस करिब ६ रुपैयाँले बढ्यो

  २०७८ कार्तिक १५ गते १०:३७     विकासन्युज

काठमाडौं । मेगा बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नाफा बढाएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा चालु आर्थिक वर्षमा नाफा बढेको हो ।

बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको पहलिो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार उसले ९१ करोड४६ लाख रुपैयाँ नाफा गरेको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा मेगाले ६० करोड ७९ लाख रुपैयाँ नाफा गरेको थियो ।

नाफा बृद्धिसँगै बैंकको प्रतिसेयर आम्दानी (इपीएस) पनि बढेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा १८.२१ रुपैयाँ रहेको मेगाको इपीएस चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २४.२४ रुपैयाँ पुगेको छ ।

बैंकले पहिलो त्रैमासमा गरेको व्यवसायबाट वितरणयोग्य नाफा ४९ करोड ८३ लाख रुपैयाँ रहेको जानकारी दिएको छ ।

बैंकको खुद व्याज आम्दानी पनि बढेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ३३ करोड १४ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको मेगाले चालु आर्थिक वर्षको सोही अवधिमा भने १ अर्ब ५१ करोड ७३ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ ।

बैंकसँग सर्वसाधारणको १ खर्ब ४२ अर्ब३२ करोड ४५ लाख रुपैयाँ निक्षेप छ भने १ खर्ब ४१ अर्ब ८५ करोड ५२ लाख रुपैयाँ सर्वसाधारणलाई कर्जा प्रदान गरेको छ । बैंकको मूल्य आम्दानी अनुपात १३.६ छ भने प्रतिसेयर नेटवर्थ १४४.९९ रुपैयाँ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.