हिरोले अहिलेसम्मकै सवैभन्दा धेरै माइलेज दिने स्प्लेन्डर ल्यायो अझ शक्तिशाली भएको दावी

  २०७३ साउन ४ गते १५:३३     विकासन्युज

काठमाडौं, ४ साउन। हिरो मोटोकर्पले भारतमा नर्मल सेगमेन्टको वाइकमा सवैभन्दा धेरै माइलेज दिने भनिएको हिरो आई स्मार्ट स्प्लेन्डर एकसय १० सिसिको मोटरसाइकल सार्वजनिक गरेको छ। दिल्लीमा रहेको एक्स शोरुमका अनुसार भारतीय बजारमा यसको मूल्य ५३ हजार तीनसय रुपैया भारु तोकिएको छ।

 

Heroआइथ्रिएस प्रविधिमा रहेको यो मोटरसाइकलले धेरै माइलेज दिने बताइएको छ। यो प्रविधिले मोटरसाइकल रोकेर राखेको अवस्थामा स्वचालित रुपमा इन्जिन बन्द गरिदिन्छ र पुन चलाउनु परेमा क्लचमात्र तान्दा हुने कम्पनीले जनाएको छ। जसले गर्दा इन्धनको बचत धेरै हुने कम्पनीको दाबी रहेको छ।

विशेषगरी धेरै भिडभाड भएको अवस्थामा र जाम भएका ठाउँहरुमा यसको प्रभावकारीता धेरै हुने कम्पनीले जनाएको छ। यद्यपी यो नयाँ मोटरसाइकलमा पहिलेको हिरो आइ स्मार्ट एकसय सिसिको भन्दा धेरै फरक भने रहेको छैन। यसमा पहिलेको भन्दा धेरै आकर्षक र पहिलेको जस्तै डुअल टोन कलरमा उपलब्ध रहने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसा यसले हाल बजारमा भएको सय सिसिको आइस्मार्टभन्दा दश प्रतिशत धेरै शक्ति उत्पन्न गर्ने क्षमताको रहेको छ। कम्पनीको दाबी हेर्ने हो भने हाल बजारमा रहेको सवैभन्दा धेरै माइलेज दिने वाइकहरुमा हिरो आइस्मार्ट नै पर्छ र नयाँ आउने एकसय १० सिसिको नयाँ मोटरसाइकलले  पहिलेको भन्दा धेरै माइलेज दिन सक्ने अनुमान गर्न सकिन्छ।

भारतमा सार्वजनिक भएको यो मोटरसाइकल चाँडै नै नेपालमा सार्वजनिक हुने जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.