ब्रिटिस कलेजले अब ‘साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक’ विषय पढाउने

  २०७८ मंसिर १६ गते १९:०७     विकासन्युज

काठमाडौं । द ब्रिटीस कलेजले अब साइबर ‘सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक’ विषयको पढाई गर्ने भएको छ । कलेजले बिहीबार एक कार्यक्रमको आयोजना गर्दै ‘सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक विषयको पढाई हुने जनाएको हो ।

ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी)को मान्यता प्राप्त नेपालको एकमात्र शैक्षिक संस्था द ब्रिटिस कलेज बीएस्सी (हन्स) साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक विषयको पढाई सञ्चालन गरेर नेपालमा साइवर सेक्युरेटी सम्बन्धि दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएको हो ।

कलेजले कम्प्युटिङ डिग्रीलाई अझै परिष्कृत गर्दै बीएस्सी (हन्स) साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक विषयको पढाई सञ्चालन गरेको बताएको हो ।

द ब्रिटिस कलेजका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा संस्थापक राजन कँडेलले युर्निभर्सिटी अफ वेष्ट इंग्ल्याण्डको सम्वन्धनमा यो नयाँ विषयको पढाई सञ्चालन गरेको बताए ।

उनले विद्यार्थीहरुको सिकाईका लागि कलेजमा ल्याव पनि राखेको बताए । सैद्धान्तिक तथा प्रयोगात्मक क्षेत्रका विज्ञहरुले यो विषयको पढाई गर्ने उनको भनाई छ ।

‘कम्प्युटरमा आधारित गतिविधिहरुको जाँच, प्रविधियुक्त उपकरणहरुको प्रयोगले विद्यार्थीहरुलाई थप लाभ हुनेछ, देशमा साइबर क्राइम जस्ता क्रियाकलाप रोक्न यसले धेरे मद्दत पुग्नेछ,’ उनले भने ।

कोरोनाभाइरस (कोभिड– १९)को महामारीको कारण नेपालमा पछिल्लो समय इन्टरनेट प्रयोगकर्ताहरुको वृद्धि भएको र साइबर क्राइमका गतिविधि पनि बढेकोलाई यसलाई रोक्न आवश्यक भएको बताए ।

यस्तै, कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले अहिले देशमा साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक पढेको जनशक्तिको आवश्यकता र माग बढेकोले यो विषयको पढाईले धेरै टेवा पुग्ने बताए ।

साइबर सेक्युरिटीकै कारण वार्षिक ठूलो रकम बाहिरिने गरेको बताउँदै उनले अब यो पढाईले  स्वेदशमै पैसा रोक्न सहयोग पुग्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.