२०७३ साउन ९ गते ९:२२ विकासन्युज
डोल्पा, ९ साउन । जुफाल विमानस्थल आजदेखि पुनःसञ्चालन भएको छ । एक हप्तादेखिको निरन्तर वर्षात्का कारण अवरुद्ध विमानस्थल आज मौसम सफा भएपछि एक सातापछि विमानस्थल खुलेको नागरिक उडड्यन प्राधिकरण डोल्पाले जनाएको छ । विमानस्थल सञ्चालन भएपछि सर्वसाधारण, पर्यटक, विद्यार्थी र बिरामीले यात्रा गर्न पाएकामा उनीहरुमा खुसियाली छाएको छ ।
आज तारा, गोमा, मकालु लगायत एअरलाइन्सले नेपालगन्जदेखि उडान भरेको उड्डयन प्राधिकरणले जनाएको छ । विमानस्थल पुनःसंरचना भएपछि यहाँ दैनिक उपभोग्य सामानको समेत सहज आपूर्ति सुरु भएको छ । रासस
Copyright © 2024 Bikash Media Pvt. Ltd.