दशैं–तिहार योजना ‘होण्डाको साथ ७’ का विजेताहरु घोषित

  २०७८ मंसिर २७ गते १८:२१     विकासन्युज

काठमाडौं । नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले आफ्नो दशैं तथा तिहार स्किम “होण्डाको साथ ७” को विजेताहरु घोषित गरेको छ ।

यस योजनामा स्क्रयाच कुपनमार्फत ७ प्रदेशबाट भाग्यसाली ७ जनाले १ लाख नगद उपहार तथा बम्परमा १ जना विजेताले १५ लाख नगद उपहार प्राप्त गरेका छन् ।

‘होण्डाको साथ ७’ योजना अन्तर्गत प्रदेश १ बाट (एपिटिसी विराटनगर) रबिना चौधरी, प्रदेश २ बाट (मिसिका इन्टरप्राइजेज) राम प्रकाश यादव , प्रदेश ३ बाट (एसटिसी टेकु) अनिना मानन्धर, प्रदेश ४ बाट (कुंवर ब्रदर्स) जमुना मुडभरी, प्रदेश ५ बाट (अमृत इन्टरनेशनल)अन प्रसाद काफ्ले, प्रदेश ६ बाट (न्यु बलुबले अटो सेल्स) तारा थापा र प्रदेश ७ बाट परशुराम थारुले १ लाख नगद उपहार प्राप्त गरेका छन् । त्यसैगरी साबित्रा श्रेष्ठ एसटी (अटो प्रदेश नं ५) ले बम्पर उपहार १५ लाख प्राप्त गरेका छन् ।

यसका साथै यस योजना अन्तर्गत होण्डा खरिद गर्ने सम्पूर्ण ग्राहकहरुले, ७ वर्षको लागि स्पेयर पार्टस्मा ७ प्रतिशत छुट, ७ वर्षसम्मका लागि ९ वटा बोनस सर्भिस कुपन पाएका छन् । त्यसैगरी होण्डा बिग बाइकको खरिद गर्ने सबैले ४० हजारसम्मको क्यास ब्याक पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.