किरण सुज र मोर्डन स्लिपर इन्डस्ट्रीको आयोजनामा ‘डिलर मिट’ सम्पन्न

  २०७३ साउन १७ गते ८:२०     विकासन्युज

पोखरा, १७ साउन । युनिभर्सल ग्रुप अन्तर्गतको किरण सुज मेनुफेक्चर र मोर्डन स्लिपर इन्डस्ट्री प्रालिको आयोजनामा पोखरामा शनिबार बृहत ‘डिलर मिट’ सम्पन्न भएको छ । उक्त सम्मेलनमा देशभरबाट ६४ वटा अधिकृत विक्रेताहरुको सहभागिता रहेको कम्पनीका प्रमुख बजार व्यवस्थापक गणेश कार्कीले जानकारी दिए ।

Gold-Star-Sammelan-photoसम्मेलनमा विक्रेताहरुले कम्पनीबाट उत्पादित गोल्डस्टार जुत्ता र हात्तीछाप चप्पल हरेक नेपालीको पहिलो रोजाई बन्न सफल भएको धारणा राखेका थिए । लाइफटाइम एचिभमेन्ट अवार्डबाट माँ भद्रकाली भवानी स्टोर्स काठमाडौंलाई सम्मान गरिएको थियो ।

त्यसैगरी अन्य बिधावाट उत्कृष्ट हुने डिलरहरुलाई समेत सम्मानीत गरिएको छ । सम्मानित हुनेमा गोल्डस्टार सुजतर्फ पौडेल सुसेन्टर इटहरी, जयअम्वे स्टोर वीरगञ्ज, दिब्य लक्ष्मी स्टोर बुटवल, सुरज इन्पोरियम महेन्द्रनगर, अधिकारी ब्रदर्श बिजनेस प्रालि काठमाडौं, आशीर्वाद इम्पेक्स पोखरा, वनेपा चप्पल पसल बनेपा, आर एन डब्लु स्टोर वनेपा र रञ्जित सु सेन्टर पोखरा उत्कृष्ट बनेका छन् ।

हात्तीछाप चप्पलतर्फ उत्कृष्ट डिलरहरुमा पौडेल सु सेन्टर इटहरी, गौरीशंकर फेन्सी स्टोर्स सुर्खेत, शुभलक्ष्मी ट्रेड सेन्टर, सुभास रेडिमेड सेन्टर, न्यु सिद्धवावा इन्टरनेश्नल, प्रयाग ट्रेडर्स काठमाडौ, केशव फेन्सी भैरहवा, करिम बुट हाउस लाहान र अधिकारी ब्रदर्स बिजनेस प्रालिलाई सम्मान गरिएको थियो ।

उक्त कम्पनीले नेपाल सहित दक्षिण एसिया सहित अरबीयन राष्ट्रहरुमा समेत निर्यात गर्ने गरेको छ । सो कम्पनी निर्यात क्षेत्रमा उत्कृष्ट कम्पनी भएकाले नेपाल चेम्बर अफ कमर्सले बिगत ७ बर्षदेखि निरन्तर सर्वाधिक निर्यात गर्ने कम्पनिको रुपमा सम्मान गर्दै आएको छ ।

यस्तै नेपाल सरकारले सन २०१४ मा निर्याततर्फ उच्च करदाता सम्मानबाट सम्मानित गरेको थियो । किरण सुज मेनुफेक्चर दैनिक ३५ हजार जोर जुत्ता उत्पादन गर्दै आएको छ । त्यस्तै मोडन स्लिपरले दैनिक २५ हजार हात्तीछाप चप्पल उत्पादन गर्दै आएको छ । राजधानी उपत्यकामा प्रत्यक्षरुपमा ३ हजार जनालाई रोजगारी दिने यो कम्पनी राजधानीको सवैभन्दा धेरै रोजगार दिने कम्पनीको रुपमा स्थापित भएको छ ।