सिप्रदी अटोपार्टसद्धारा च्याम्पियन मिट सम्पन्न

  २०७३ साउन २३ गते ११:४३     विकासन्युज

काठमाडौं, २३ साउन । सिप्रदी अटोपार्टस् प्रालिले काठमाडौँका च्यापियन मिट २०१६ कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको वार्षिक योजना अन्तर्गत सिप्रदीले अधिराज्य भरि रहेका आफ्नो अधिकारीक खुद्रा विक्रेताहरुलाई काठमाडौँ स्थित हायात होटलमा च्याम्पियन मिट सम्पन्न गरेको हो ।

sipardiसो कार्यक्रममा कम्पनीको तर्फबाट सिप्रदी कम्पनीका उपाध्यक्ष राजेशप्रसाद गिरिले कम्पनिको आगामी योजनाको बारेमा सहभागिहरुलाई प्रष्ट पारेका थिए । साथै टाटा मोर्टस इण्डियाबाट आएका अभिनास कुमार गुप्ता, ग्लोवल हेड (पार्टस् एण्ड एग्रिगेट्सले) टाटा मोर्टसको नेपालमा आगामी रणनितिका बारेमा बताएका थिए ।
उक्त कार्यक्रममा नेपाल भरी रहेका सिप्रदीसँग आवद्ध उत्कृष्ट रिटेलरहरुलाई विभिन्न २९ विधामा सम्मान कार्यक्रम पनि समावेश गरिएको थियो । कार्यक्रमको अन्त्यमा कम्पनीको तर्फबाट प्रमुख – सञ्चालन अधिकृत राजनबाबु श्रेष्ठले कम्पनीले अपनाउने आगामीे रणनितिमा प्रतिवद्धता गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.