२०७८ चैत १ गते १३:२८ विकासन्युज
काठमाडौं । नेपाल दुरसंचार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरुलाई गैरकानूनी वेबसाइट र एपहरु बन्द गर्न निर्देशन दिएको छ । प्राधिकरणले क्रिप्टोकरेन्सी (बिटक्वाइन), हाइपर नेटवर्किङ, अनलाइन जुवा लगायतका गैरकानूनी वेबसाइट र एपहरु बन्द गर्न निर्देशन दिएको हो ।
अर्थ मन्त्रालयको मन्त्रिस्तरिय निर्णयको अनुरोधमा प्राधिकरणले यस्ता एपहरु नेपालभित्र प्रयोग, संचालन र व्यवस्थापन गर्न नपाउने गरी निषेध गर्न आइएसपीहरुलाई ताकेता गरेको हो ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.