मालपोत अधिकृत सिवाकोटीविरुद्ध मुद्दा

  २०७३ साउन २५ गते १०:३१     विकासन्युज

काठमाडौं, २५ साउन । सार्वजनिक पदमा बहाल रहँदा मालपोत कार्यालय कलङ्कीका अधिकृत जीवनाथ सिवाकोटीले स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको आरोपमा आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

वाग्मती अञ्चल अदालतमा नासुबाट सेवा प्रवेश गरेका सिवाकोटीले विभिन्न कार्यालयमा रहँदा हालसम्म रु एक करोड ४७ लाख ४१ हजार ६७१ गैरकानुनी रुपले आर्जन गरेको देखिएकाले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार बिगो बमोजिम जरिवाना र कैद सजाय तोक्न माग गरिएको आयोगद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।

आयोगले निजकी श्रीमती तारादेवीका नाममा रहेको स्रोत नखुलेको चलअचल सम्पत्ति जफत गर्न पनि माग गरेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.