सिजी ब्राण्डद्धारा नयाँ लाईन अफ ब्याट्री कम्प्याटेबल टिभी नेपाली बजारमा

  २०७३ साउन २७ गते ७:४६     विकासन्युज

led_tvकाठमाडौं, २७ साउन । नेपालको सबै भन्दा ठूलो इलेक्ट्रोनिक्स ब्राण्ड सि.जी. ले आर्थिक वर्ष ०७३/७४ सुरु भए सँगै आफ्नो एलइडि टिभीहरुको लाईनप बिस्तार गरेको छ । जस अन्तर्गत लोडसेडिङ्ग झेलिरहेको नेपाली जनतालाई लोडसेडिङ्गको बेलामा पनि टि.भी सजिलै हेर्न पाउनेगरि ब्याट्रि कम्प्याटिबल टि.भीहरुको लाईनप थप गरेको छ ।

कम्पनीका अनुसार यो टिभी १२ भोल्टबाट सजिलै चल्न सकिने एलइडि टिभी हो । ग्राहकहरुको ध्यनमा राखि यो टिभी बिभिन्न साईजहरु २० इन्च, २४ इन्च र ३२ इन्च मा उपलब्ध रहेको छ । यस टि.भी नेपालको ग्रामिण क्षेत्रमा बसोबास गरिरहेका तथा लोडसेडिङ्ग झेलिरहेका ग्राहकवर्गहरुलाई ध्यानमा राखि बजारमा ल्याइएको हो ।

सोलार प्यालनबाट चार्ज गरिएको ब्याट्रीबाट चलाउन सकिने यो टिभीहरुको विशेषता भनेकोे एसी तथा डिसी दुबै पावर सप्लाईबाट चल्ने रहेको छ । एसी बाट चलाउनको लागि यसलाई एउटा एक्स्र्टनल एडेप्टर उपलब्ध गराईएको छ । जसको काम भनेको चट्याङ्ग पर्दा पनि टि.भी. को इन्टरनल मदरबोर्डलाई पावर फ्ल्कचोयसन बाट जोगाउनु हो ।

त्यसैगरि डि.सी. बाट चलाउनको लागि यो टि.भी. सँग डि.सी. केबल पनि उपलब्ध गराईएको छ । यसबाहेक यो टि.भीमा थप बक्स स्पिकर पनि जडान गरिएको छ । जसको कारणले आवाजमा निकै सुधार आउने र राम्रो सुनिने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.