२०७९ वैशाख ७ गते १८:१९ विकासन्युज
काठमाडौं । भिभोले नेपाली बजारमा उच्च क्लालिटीको क्यामेरा र मल्टि–फ्रेम नोइज घटाउने र एआई हाई–डेफिनिशन टेक्नोलोजी भएको नयाँ फाइभजी मोबाइल फोन नेपाली बजारमा ल्याएको छ ।
ग्लोबल स्मार्टफोन ब्रान्ड, भिभोले आफ्ना ग्राहकहरूको आवश्यकतालाई ध्यान दिँदै फोटोग्राफी उत्साही र सेल्फी प्रेमीहरूको सहजताका लागि लेयाएको फवनले पिक्चर–पर्फेक्ट बताउने कम्पनीको दाबी छ ।
उच्च–रिजोल्युसनको ५० एमपी पोट्र्रेट सेल्फी क्यामेरा हुँदा जूम इन वा क्रप गर्दा पनि, सेल्फीको गुणस्तरमा केही कमी नआउने कम्पनीले जनाएकझ छ । फ्रन्ट क्यामेरामा भएको आँखा अटोफोकस विशेषताका कारण प्रयोगकर्ताहरूलाई आकर्षणको केन्द्रबिन्दु बनाउँदछ ।
साथै रातको समयमा प्रकाशको मात्रा नपुगेको ठाउँमा तस्बिर खिच्दा दिउँसोको जतिकै क्लालिटीको आउने डुअल–टोन स्पटलाइटः स्पटलाइट पोट्र्रेट + स्पटलाइट पोट्र्रेटमार्फत लाइटिंग मिलाई फोटो खिच्न सकिन्छ ।
साथै, सुपर नाइट सेल्फी र सुपर वाइड–एंगल नाइट सेल्फी विशेषता यसमा छन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.