२०७९ वैशाख ८ गते ११:५२ विकासन्युज
काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय क्षेत्रमा महिलाहरूको सहभागिता बढ्दै गएको छ । बैंकको कर्मचारीदेखि उच्च व्यवस्थापन तहमा रहेर काम गर्ने महिलाको संख्या राम्रो छ ।
आधा दर्जन बैंकमा महिलाहरू नै नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) का रुपमा कार्यरत छन् भने अधिकांश वाणिज्य बैंकहरूको उच्च व्यवस्थापन तहमा महिलाको सहभागिता बढ्दो छ ।
नेपालको संविधानले नै हरेक क्षेत्रमा महिलाको ३३ प्रतिशत सहभागिता हुनुपर्ने व्यवस्था गरेको छ । तर, बैंक तथा वित्तीय संस्थामा भने सो व्यवस्थाभन्दा पनि बढी नै संख्यामा महिलाहरू कार्यरत रहेको नेपाल बैंकर्स संघले जनाएको छ ।
बैंक तथा वित्तीय संस्थाहरूमा महिलाहरूको सहभागिता बढेसँगै उनीहरू बिस्तारै उच्च व्यवस्थापनममा पुग्ने गरेका छन् । दुई साता अगाडिमात्रै मेगा बैंकी सीईओ अनुपमा खुञ्जेली बैंकबाट बाहिरिन् । उनी नेपाली वाणिज्य बैंकको पहिलो महिला सीईओ हुन् ।
उनी मेगा बैंकबाट बाहिरिएसँगै सो बैंकको कामु सीईओको रुपमा रविना देशराज श्रेष्ठले जिम्मेवारी पाएकी छन् । मेगा बैंकको उच्च व्यवस्थापनमा नै महिला बैंकरको सहभागिता बढी देखिन्छ । बैंकको उच्च व्यवस्थापनमा प्रज्ञा पाण्डे, डेनी श्रेष्ठ र जेनु थापा पनि छन् । उनीहरू वरियतामा क्रमशः चौथो, सातौं र आठौं नम्बरमा छन् ।
पछिल्लो समय महिला बैंकरहरू बैंकको उच्च व्यवस्थापनमा गएर बैंकको नै नेतृत्व गर्न तयार अवस्थामा देखिन्छन् । पाँचवटा वाणिज्य बैंकको उच्च व्यवस्थापनको दोस्रो वरियतामा महिलाहरू नै छन् । अहिले नेपाल बैंकमा डेपुटी सीईओको रुपमा समता पन्त भट्ट कार्यरत छिन् । उनी बैंकको व्यवस्थापनमा दोस्रो वरियतामा छिन् ।
नेपाल बैंकका सीईओ कृष्णबहादुर अधिकारीपछि सीईओ बन्ने लाइनमा पन्त नै छिन् । यस्तै, एनसीसी बैंकमा बन्दना पाठक डेपुटी सीईओका रुपमा कार्यरत छिन् । उनी पनि बैंकमा सीईओपछि दोस्रो वरियतामा छिन् । यसपछि सीईओ सम्भवतः उनी नै बन्नेछिन् ।
सनराइज बैंकको डेपुटी सीईओका रुपमा आरती राणाले काम गरिरहेकी छन् । उनी बैंकमा दोस्रो वरियतामा छिन् । हालका सीईओ सुमन शर्मापछि सम्भवतः सीईओ राणा नै बन्नेछिन् ।
सेञ्चुरी बैंकको दोस्रो वरियतामा अनुपमा श्रेष्ठ छिन् । उनी हाल सो बैंकमा चिफ मार्केटिङ अफिसरका रुपमा काम गरिरहेकी छन् । सेञ्चुरी बैंकले युवाहरूलाई प्राथमिकता दिइरहेको छ । हालै मात्रै कामु सीईओको जिम्मेवारी सम्हालिरहेका मनोज न्यौपाने सो बैंकको सीईओ बनेका छन् । न्यौपानेपछिको वरियतामा श्रेष्ठ नै छिन् ।
यस्तै, एनएमबी बैंकमा सबनाम लिम्बु चिफ सपोर्ट अफिसरका रुपमा कार्यरत छिन् । उनी बैंकमा वरियताको हिसावले तेस्रो नम्बरमा छन् ।
नबिल बैंकमा नमिता दिक्षीत पनि बैंकको चिफ रिक्स अफिसरका रुपमा कार्यरत छिन् । उनी बैंकको व्यवस्थापनमा वरियतामा पाँचौं नम्बरमा छिन् । नेपाल इन्भेष्टमेन्ट बैंकमा सुजता जोशी छिन् । उनी बैंकको रिक्स म्यानेजमेन्ट डिपार्टमेन्टको नेतृत्व गर्दै आएकी छन् । उनी बैंकमा वरियतामा छैठौं नम्बरमा छिन् ।
यस्तै, ग्लोबल आईएमई बैंककी शान्ता सिवाकोटी चिफ म्यानेजरका रुपमा कार्यरत छिन् । बैंकिङ करियरमा राम्रो पोर्टफोलियो बनाएकी बैंकरका रुपमा शिवाकोटी परिचित छन् । उनी वरियतामा १०औं नम्बरमा छिन् ।
हिमालयन बैंकमा सिशम प्रधानांगा जोशी पनि बैंकको रिक्स म्यानेजमेन्ट डिपार्टमेन्टमा छिन् । उनी बैंकमा वरियतामा आठौं नम्बरमा छिन् । नेपाल बंगलादेश बैंकमा सालोनिका सिंह डेपुटी जनरल म्यानेजरमा कार्यरत छन् । उनी बैंकमा चिफ विजनेस अफिसरका रुपमा कार्यरत छिन् । उनी बैंकमा वरियतामा चौथो नम्बरमा छिन् ।
यस्तै, एभरेष्ट बैंकमा अन्जु शर्मा पनि बैंकको क्रेडिट डिपार्टमेन्टमा कार्यरत छिन् । उनी बैंकमा वरियतामा छैठौंमा छिन् । प्रभु बैंकमा रश्मी पन्त पनि बैंकको उच्च व्यवस्थापनमा छिन् । उनी बैंकको चिफ अपरेटिङ अफिसर हुन् । उनी बैंकमा वरियताको रुपमा पाँचौंमा कार्यरत छिन् ।
सिद्धार्थ बैंकको उच्च वयवस्थापनमा शैलाजा ज्ञवाली छिन् । उनी बैंकको इन्टिग्रेटेड हेडका रुपमा कार्यरत छिन् भने बैंकको आठौं वरियतामा काम गरिरहेकी छन् । सिभिल बैंकमा शिलु अर्याल पनि मानव संशाधनको हेडका रुपमा काम गरिहरेकी छन् । उनी बैंकको व्यवस्थापनमा नवौं वरियतामा छिन् ।
यी सबै महिला बैंकरहरू अबको ५/१० वर्षपछि नेपाली वाणिज्य बैंकको नेतृत्व गर्न तयार अवस्थामा छन् । अहिले नै डीसीईओ रहेका महिलाहरू अब केही समयभित्रै सीईओ बन्ने अवस्थामा छन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.
Proud proud proud for all women’s power
बैंक हाँक्न अर्थात सिइओ हुनको लागि निम्न क्षमता अति आवश्यक छ ।
१. सञ्चालकहरुको Yes Person हुन सक्नु पर्यो,
२. सञ्चालकहरुको चाकडी र कर्मचारीलाई पेल्न सक्ने हुनु पर्यो,
३. दुई जिब्रे, तीन जिब्रे,… सकेसम्म धेरै जिब्रे हुन सक्नु पर्यो,
४. सञ्चालकले भनेको बेला राजीनामा दिन तम्तयार हुनु पर्यो,
५. अलिअलि पृष्ठभूमि र सोर्सफोर्स पनि चाहिन्छ ।
janata says ले गरेको व्याख्या अति सत्य छ। बैंक हरु मा अब त्यो आकर्षण रहेन। काम मा पेलाइ बिहान ९ बजे देखि राती ७-८ बजे सम्म हुन्छ। जसले गर्दा कर्मचारी को आफ्नो ब्यक्तिगत समय नै हुदैन। यसले गर्दा भविष्य मा खराब मानसिक बिरामी को अत्यन्त प्रबल सम्भावना रहन्छ।