२०७३ भदौ २ गते १६:१७ विकासन्युज
लण्डनः विश्वकै सबैभन्दा ठूलो मानिएको हिलियमबाट चल्ने एयरल्यान्डर१० जहाजले अन्ततः आफ्नो पहिलो उडान भर्न सफल भएको छ ।
४ दिन अघि प्राविधिक खराबीका कारण यो जहाजको पहिलो उडान रद्ध गरिएको थियो । यो जहाजले मध्य बेलायतको कार्डिङ्गटन विमानस्थलबाट पहिलो उडान भरेको हो ।
८६ वर्षअघि यस्तै एक एयरसिपले उडान भर्न सफल भएको थियो । तर त्यो जहाज फ्रान्समा दुर्घटना हुँदा त्यसमा सवार ४८ जनाको ज्यान पनि गएको थियो ।
यो जहाज अमेरिकन सैनिकका लागि ठूला ठूला गाडी र अन्य युद्धक सामाग्री ढुवानीका लागि निर्माण गरिएको हो । यो जहाजलाई
एयरल्यान्डरलाई अमेरिकन सेनाका लागि हाइब्रिड एयर व्हीकल्स (एचएभी) ले बनाएको हो । ९२ मिटर लामो यस एयरक्राफ्टलाई कार्गो जहाजसरह प्रयोग गर्न सकिन्छ ।
एचएभीले एयरल्यान्डरलाई अहिलेका हवाईजहाजहरुमध्ये सबैभन्दा ठूलो भएको बताएको छ । ब्रिटिश सरकारले यस प्रोजेक्टलाई सफल बनाउन ३७ लाख डलर मद्धत गरेको थियो।
यसभन्दाअघि कार्डिङ्गट विमानस्थलबाटै ‘आर१०१’ एयरसिपले अक्टोबर १९३० मा उडान भरेको थियो । तर फ्रान्समा यो जहाज दुर्घटनामा परेको थियो । यो जहाज दुर्घटनामा पर्दा ४८ जना मासिनको ज्यान पनि गएको थियो ।
यो दुर्घटनापछि एयरसिपको निर्माणकार्यलाई रोकिएको थियो । एचएवीका अनुसार एयरल्यान्डर १४८ किलोमिटर प्रतिघन्टाको गतिमा ४८८० मिटर (६ हजार फिट) को उचाईसम्म उड्न सक्नेछ ।
यसमा हिलियम भरिएको छ । यो रिमोट कन्ट्रोलबाट २ हप्तासम्म र बिना रिमोट कन्ट्रोल ५ दिनसम्म हावामा रहन सक्ने कम्पनीले जनाएको छ।
एचएवीका सीईओ स्टेफन म्याक्ग्लेनका अनुसार यो जहाज हेलिकोप्टर प्रविधिको तुलनामा धेरै सस्तो र वातावरणमैत्री पनि रहेको छ ।
यसलाई बेलायतको ठूलो आविष्कार पनि भन्न सकिन्छ । यो एक किसिमले जहाजहरुको एउटै सम्मिश्रण पनि हो ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.