निगमले बुझायो इन्धन भण्डारण योजना, ४ लाख किलोलिटरको क्षमता बनाउन २८ अर्ब खर्चनुपर्ने

  २०७३ भदौ ९ गते २:५२     विकासन्युज

काठमाडौं ९, भदौ । नेपाल आयल निगमले इन्धन भण्डारण क्षमताको योजना प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएको छ । आयल निगमले हालको ७२ हजार किलोलिटर क्षमतालाई बढाएर चाल लाख १५ हजार किलोलिटर बनाउन आगामी पाँच वर्षमा २८ अर्ब रुपैयाँ खर्च गर्नुपर्ने योजना बनाएको छ । प्रधानमन्त्रीलाई बुझाएको यो योजनामा नेपालका सातै वटा प्रदेशमा इन्धन भण्डारण क्षमता बढाउन सकिने कार्ययोजना रहेको उल्लेख छ ।
NOC
निगमले आगामी तीन महिनामा इन्धनको क्षमता विस्तारको काम अगाडि बढाउन सकिने भन्दै यो योजना पेश गरेको जानकारी दिएको छ । निगमको यो इन्धन क्षमता विस्तारको योजनालाई प्रधानमन्त्री दाहालले छिट्टै कार्यान्वयमा लैजाने बताएका छन् । यस्तो इन्धनको क्षमत विस्तारको योजनालाई तनहुँको खैरेनी, नुवाकोटको बट्टार, काभ्रोको पाँचखाललगायतका स्थानमा गर्न सकिने पनि उल्लेख छ ।

यस अघि निमगले सात सय किलोलिटरको क्षमता काठमाडौंभित्र नै बढाउन सुरु गरेको जानकारी दिएको थियो । निगमले पेट्रोलियम प्रदार्थको आपूर्ति व्यवस्था सहज पार्न अहिले भइरहेको भन्दा थप ७ सय किलोलिटर भण्डारण क्षमता बढाउने योजना सार्वजनिक गरेको थियो । यो भण्डारण क्षमताले उपत्यकामा थप २ दिन वितरण गर्न पुग्ने उल्लेख छ । अहिले उपत्यककामा १८ सय किलोलिटर भण्डारण क्षमता छ । उक्त भण्डारणबाट ६ दिन मात्रै पुग्ने गरेको छ ।

यसअघि आपूर्ति सहज बनाउन सरकारले उपत्यकामा पेट्रोलियम पदार्थको भण्डार क्षमता समेत बढाउने योजना बजेटमार्फत पनि प्रस्तुत गरेको थियो । निगमले नियमित रूपमा तेल बाँडेको दाबी गरिरहे पनि उपभोक्ताको सञ्चय गर्ने बानी र पम्पको कालोबजारीग तथा निगमकै हेलेचेक्राइका कारण उपत्यकामा बेला बेलामा कृतिम अभाव हुने गरेको छ । कृतिम अभावकै कारण यही भदौ २ गतेदेखि राजधानीका पम्पबाट ग्राहकले सास्ती भोग्दै आएको छन् । प्रधानमन्त्रीको चासोका कारण विगत चार दिनमै विस्तारै नियमले सहज वितरण सुरु गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.