दुई निर्जीवन बीमा कम्पनीको सेयर कारोबार रोक्का

  २०७९ असार २८ गते १२:२४     विकासन्युज

काठमाडौं । मंगबारदेखि दुई निर्जीवन बीमा कम्पनीको सेयर कारोबार रोक्का भएको छ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) ले सिद्धार्थ र प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) को सेयर कारोबार असार २८ गतेदेखि रोक्का गरिदिएको हो ।

यी दुई कम्पनी एक आपसमा गाभ्ने तथा गाभिने (मर्जर) मा जाने प्रयोजनको लागि सेयर कारोबार रोक्का भएको हो । जसको लागि यी दुई कम्पनीले गत असार २७ गते समझदारी पत्रमा हस्ताक्षर गरेका थिए ।

बराबरी हैसियतमा मर्ज हुँदै सिद्धार्थ र प्रिमियर इन्स्योरेन्स, गरे सम्झौता

यससँगै, उक्त मर्जर प्रकृया सकिएर एकीकृत कारोबार भएपछि मात्रै दोश्रो बजारमा कम्पनीको सेयर कारोबार फुकुवा हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.