सिजीनेटले ल्यायो सुपर भ्यालु योजना : ३०० एमबीपीएस इन्टरनेट १२ सय रुपैयाँमा

  २०७९ साउन १ गते १६:२१     विकासन्युज

काठमाडाैं । सिजीनेटले सुपर भ्यालु योजना सार्वजनिक गरेको छ । कम्पनीले ल्याएकाे सुपर भ्यालु योजनामा ३ नयाँ अपग्रेड गरिएका प्याकेजहरू समावेश छन् ।

कम्पनीकाे अनुसार समावेश गरिएका प्याकेजहरूमा ३०० एमबीपीएस रकस्टार प्याकेज, १५० एमबीपीएस पपुलर प्याकेज र ७५ एमबीपीएस स्प्रिन्टर प्याकेज रहेका छन् । यी प्याकेजहरू १ महिना, ३ महिना र १२ महिनाका लागि उपलब्ध हुने कम्पनीले जनाएकाे छ ।

१ वर्षको प्याकेजको औसत मासिक मूल्य ३०० एमबीपीएसको लागि १ हजार २४४ रुपैयाँ, १५० एमबीपीएसको लागि ९२५ रुपैयाँ र ७५ एमबीपीएसको लागि ६८० रुपैयाँ हुनेछ कम्पनीले जानकारी दिएकाे छ । यो हालसम्म कै सस्ताे मूल्य रहेकाे कम्पनीले दावी गरेकाे छ ।

यस्तै, ३०० एमबीपीएस रकस्टार प्याकेज १ महिना प्याकेजको लागि १ हजार ९९ रुपैयाँ लागत र त्यसैगरी ३ महिनाको प्याकेजका लागि ४ हजार ६२ रुपैयाँ र वार्षिककाे लागि १४ हजार ९२८ रुपैयाँ लाग्ने छ ।

त्यसैगरी, १५० एमबीपीएस लोकप्रिय प्याकेज १ महिना प्याकेजको लागि १ हजार ५० रुपैयाँ लाग्नेछ भने ३ महिनाको प्याकेजको लागि ३ हजार ४५ रुपैयाँ र १२ महिनाको प्याकेजको ११ हजार १०० रुपैयाँ लाग्ने छ ।

प्रस्ताव गरिएको सबैभन्दा कम गति ७५ एमबीपीएसको लागत १ महिना योजनाको लागि ७३० रुपैयाँ, ३ महिनाको योजनाको लागि २ हजार १६० रुपैयाँ र १२ महिनाको योजनाको लागि ८ हजार १६० रुपैयाँ छ।

सिजीकाे कुनै पनि प्याकेज र योजनाको लागि जडान खर्च र ड्रप वायर नि:शुल्क रहेकाे छ । यस्तै, डुअल ब्यान्ड राउटर कुनै पनि ग्राहकले १२ महिनाको योजना लिएमा नि:शुल्क छ भने डुअल ब्यान्ड राउटर ३ महिनाको लागि एक हजार र १ महिनाको लागि १५ सय लाग्दछ ।

चौधरी ग्रुप अन्तर्गतको सीजी कम्युनिकेसन्स लिमिटेडले सिजीनेटका नाममा इन्टरनेट सेवा सञ्चालनमा ल्याएको एक वर्ष पूरा भएको छ । सिजीनेटको सेवा अहिले उपत्यका बाहिरका थप ७ जिल्लामा उपलब्ध छ र आगामी दिनमा थप क्षेत्रमा विस्तार गर्न कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.