२०७९ साउन ३ गते १०:५० विकासन्युज
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको कम्पनी सचिवमा ध्रव प्रसाद न्यौपाने नियुक्त भएका छन् । साउन १ गते बसेको कम्पनी सञ्चालक समितिले नायव महाप्रबन्धक न्यौपानेलाई कम्पनी सचिवमा नियुक्त गरेको हो ।
यससँगै न्यौपानेले नायव महाप्रबन्धक र कम्पनी सचिव दुबैको जिम्मेवारी सम्हाल्ने छन् ।
साविक हिमालयन जनरल इन्स्योरेन्स कम्पनी र एभरेष्ट इन्स्योरेन्स कम्पनी एक आपसमा गाभिएपछि हिमालयन एभरेष्ट इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार भएको हो ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.