रनिल विक्रमासिंघे बने श्रीलङ्काकाको नयाँ राष्ट्रपति

  २०७९ साउन ४ गते १३:३१     विकासन्युज

काठमाडाैं । श्रीलङ्काकाकाे नयाँ राष्ट्रपतिमा रनिल विक्रमासिंघे चयन भएका छन् । बुधबार संसद्‍बाट २१९ मा १३४ मत प्राप्त गरी रनिल विक्रमासिंघे नयाँ राष्ट्रपतिकाे रुपमा चयन भएका हुन् ।

निवर्तमान राष्ट्रपति गोटाबाया राजापाक्ष देश छाडेर भागेपछि यहाँको संसद्‍ले नयाँ राष्ट्रपति चयन गरेकाे हाे ।

श्रीलङ्का पछिल्लो समयमा आर्थिक सङ्कटमा फसेको छ । देश आर्थिक सङ्कटमा फसेसँगै यहाँको राजनीतिक अस्थिरतामा पनि थप बढ्दै गएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.