२०७९ साउन १० गते १९:३६ विकासन्युज
डिस मिडिया नेटवर्कले मंगलबार ‘डिसहोम आईटीभी’ सेवा सुरू गरेको छ । डीटीएच र टेरेस्ट्रियलभन्दा फरक विधि इन्टरनेट प्रोटोकलमा आधारित यो डिसहोम आईटीभीमा दुई सयभन्दा बढी टीभी च्यानल हेर्न सकिने कम्पनीको दाबी छ । मनोरञ्जनात्मक सामग्री, गुञ्जन, सिने हट्स, जुनियर टिभी र नेपाली भाषामा लोकप्रिय कोरियन सिरिजजस्ता एक्स्क्लुसिभ च्यानलहरु डिसहोम आईटीभीमा हेर्न सकिने कम्पनीको भनाइ छ । त्यससँगै भिडिओ अन डिमान्ड, क्याच–अप टिभी/स्टार्ट ओभर टिभी, युट्युब, टिकटक, फेसबुक लगायतका एप्लिकेसन लगायतको सुविधा हरेको आईटी टीभीको विषयमा हामीले डिसहोमका जनरल म्यानेजर रमेश सापकोटासँग कुराकानी गरेका छौं ।
हिस मिडिया नेटवर्कले ‘डिसहोम आईटीभी’ सार्वजनिक गरेको छ, डिसहोम आईटीभी भनेको के हो ?
यो इन्टरनेट टेलिभिजन हो । हामीले यसलाई ‘डिसहोम आईटीभी भनेर ब्राण्डिङ गरेका छौं । यो इन्टरनेटमार्फत् चल्ने टीभी हो । डाइरेक्ट टु होम (डीटीएच) स्याटेलाइटबाट चल्थ्यो । यो आईटीभी इन्टरनेटमार्फत् ग्राहकको घर–घरमा पुग्ने टेलिभिजन हो । अहिले जसले डिस होमको फाइवरनेट सेवा लिइरहनु भएको छ । उनीहरुले आईटीभीको सेटअप बक्समार्फत् यो सेवा पनि पाउनुहुन्छ । अहिले २६ वटा जिल्ल्लामा फाइबरनेटका ग्राहकहरु हुनुहुन्छ । ति सबै ग्राहकमा आईटीभीको सेवा पुर्याउँछौं ।
डीटीएच र आईटीभीको सेटअप बक्स अलग–अलग हुन्छ वा एउटै सेटअप बक्समार्फत् ग्राहकले सेवा पाउँछन् ?
दुइटैको सेटअप बक्स अलग–अलग नै हुन्छ । डीटीएचका ग्राहकले आईटीभी राख्दा थप सुविधा पाउनु हुन्छ । आइटीभीमा हुने भनेको युटुब, फेसबुक, टिकटक लगायतका सामाजिक सञ्जाल सहित अन्य एप्लिकेशनहरु छन् । इन्टरनेट टीभीमा सबै कुराहरु हेर्न मिल्यो । डीटीएच कन्टेन्ट क्वालिटीको हिसाबले राम्रो हुन्छ । जुन ठाउँमा डीटीएचको सेवा लिइरहनु भएको छ, उहाँहरुको लागि डिसहोमको आईटीभी पनि महत्वपूर्ण छ । त्यही शुल्कमा उनीहरुले आईटीभी प्रयोग गर्न पाउनुहुन्छ । हामीले अहिले एउटा स्कीम ल्याउँदैछौं । बजार एरियामा डिसहोम, डीसहोम आईटीभी र गाउँमा डिटीएच प्रयोग गर्ने किसिमले हामी स्कीम ल्याउँदैछौं । एउटै मुल्य तिरेर तीन ठाउँमा टीभी हेर्न सक्ने स्कीम हामी ल्याउँदैछौं ।
डिसहोम आईटीभी प्रयोग गर्ने ग्राहकले मासिक शुल्क कति तिर्नु पर्छ ?
आईटीभी एउटा कम्बो प्याकेजमा हुन्छ । इन्टरनेट फाइवरनेटको माध्यमबाटै आईटीभी हुन्छ । कुनै ग्राहकले डिसहोमको सेवा लिनु भयो भने अर्थात उहाँहरुले डीसहोमको आईटीभी सेवा पनि लिन्छु भन्नु भयो भने एक वर्षको रिचार्ज पाउनुहुन्छ । उहाँहरुले सुरुवातको शुल्क तिर्नु पर्दैन । इन्टरनेटको मासिक शुल्क तिरेर नै सेवा लिन सक्नुहुन्छ । एक महिनाको प्याकेज मात्रै लिन्छु भन्नु भयो भने त्यो सेवा पनि हुन्छ । आईटीभीको लागि २४ सय प्सल भ्याट तिर्नु पर्ने हुन्छ । मासिक मुल्यमाा ५०देखि एक सय रुपैयाँसम्म इन्टरनेटको प्याकेज भनेर हामीले थप पैसा लिएर सेवा दिन्छौं ।
नेपालमा भौगलिक हिसाबले विकट तथा दुर्गम क्षेत्र पनि धेरै छ, इन्टरनेट नै नपुगेका ठाउँमा आईटीभी कसरी पुग्छ ?
इन्टरनेटको नेटवर्क जसरी विस्तार हुँदैछ, त्यो विस्तारसँगै आईटीभी पनि सँगै जान्छ । धेरै ठाउँमा डीटीएच पनि हुन्छ । दुर्गम ठाउँमा डीटीएच राम्रो हो । बजार क्षेत्रका ग्राहकका लागि आईटीभी राम्रो टेलिभिजन हो । हामीले विस्तारै सबै ठाउँमा आईटीभी पुर्याउने किसिमले काम गरिरहेका छौं ।
अहिले डिसहोमसँग लाखौं ग्राहक जोडिएका छन्, अब आईटीभी कत्ति ग्राहकको माझ पुग्छ ?
आईटीभी चल्नको लागि इन्टरनेट नै आवश्यक हुन्छ । नेपालभरी नै पुग्ने डिस मिडिया नेटवर्कको लक्ष्य छ । डिसहोमसँगै डिसहोमको आईटीभी पनि सँसँगै अगाडि बढ्छ । जुन हिसाबमा डिसहोमको फाइबरनेट जान्छ त्यही गतिमा आईटीभी पनि जान्छ । अहिलेको नयाँ जेनरेशनस सोसियल मिडिया, इन्रटनेटका विभिन्न प्लेटफर्ममा हुनुहुन्छ । उहाँहरुका लागि आईटीभी लोकप्रिय हुन्छ भन्ने हाम्रो विश्वास छ ।
आईटीभी सुरु गर्नुभन्दा अगाडि भौतिक पूर्वाधार अति–आवश्यक हुन्छ, त्यसको सबै काम भइसकेको हो ?
त्यो सबै काम भइसकेको छ । हामीसँग दुई वर्षको अवधिमा डिसहोम फाइबरनेटका १ लाख ६० हजार हुनुहुन्छ । एउटा डीटीएच प्सल इन्टरनेट र अर्को आईटीभी प्लस इन्टरनेट । एउटै प्लेटफर्म तथा इन्टरेनेटमा दुइटै सेवा पाउनुहुन्छ । डिसहोम सबैको च्वाइस हो । आईटीभी पनि सबैको च्वाइस हुन्छ भन्ने हाम्रो विश्वास छ । यसमा लाइभ टीभी, युटुब लगायतका एप्लिकेशन हेर्न मिल्ने भएको कारण पनि सबैको रोजाइमा पर्छ ।
यसको ट्रायल (परीक्षण) भइसकेको हो ?
यो लेटेस्ट प्रविधि अपग्रेड गरेर नै हो । अहिले जति पनि आईटी टीभी प्रयोग गर्नुहुन्छ यसमा कुनै समस्या आउँदैन । कनै समस्या तथा दुविधा बिना नै डिसहोम आईटीभी चल्छ । डिसहोमको आईटीभी इन्टरनेटबाट सेटअप बक्स जोड्नु भयो भने एकदमै राम्रो हुन्छ । प्रभु टीभीको सेटअप बक्स अपडेट भइसकेको छ । त्यसबाटै सञ्चालन हुने हो ।
फाइबरनेटका ग्राहकबाट कस्तो प्रतिक्रिया आइरहेको छ ?
सबैभन्दा राम्रो प्रतिक्रिया नै डिसहोम फाइबरनेटका ग्राहकको छ । अहिले फाइबरनेट प्रयोग गर्ने ग्राहकहरुले आईटीभी पनि राख्नुहुन्छ भन्ने हाम्रो विश्वास छ ।
कहिलेकाहीँ पानी पर्दा पनि टीभीको लाइन जाने भन्ने गुनासो आउँछ, यो समस्या डिसहोम आईटीभीमा आउँछ कि आउँदैन ?
त्यस्तो समस्या आउन नदिनका लागि नै डिसहोम इन्टरनेट टीभी ल्याएका हौं । अब पानी पर्दा, बतास चल्दा लगायत कुनै पनि समस्या देखिँदा पनि आईटीभी अवरुद्द हुँदैन । पानी पर्दा रोकिने समस्या संसारभर हो । डीटीएच हाइ फ्रिक्वेन्सी ब्यान्ड हो । जति उच्च भयो पानी पर्दा त्यति नै समस्या आउँछ । तर, अहिले दिनप्रतिदिन त्यसको समस्या समाधान भइरहेको छ । यो आईटीभीमा त्यो समस्या आउँदैन ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.