२७ वटा भुक्तानी सेवा प्रदायकले पाए राष्ट्र बैंकको स्वीकृति, कसको चुक्ता पुँजी कति ?

  २०७९ साउन ११ गते १९:०९     विकासन्युज

काठमाडौं । हालसम्म २७ वटा भुक्तानी सेवा प्रदायकले नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएका छन् । नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका अनुसार २०७९ असार मसान्तसम्ममा सो संख्याका संस्थाले भुक्तानी सेवा दिनको लागि अनुमति पाएका हुन् ।

जसमध्ये सबैभन्दा पहिले अनुमति पाउनेमा आईएमई डिजिटल सोलुसन रहेको छ । काठमाडौंको पानीपोखरीस्थित रहेको उक्त सोलुसनले २०७४ असार ५ गते राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको अनुमति पाएको हो । जसको चुक्ता पुँजी १० करोड रुपैयाँ छ ।

त्यस्तै, २०७४ मै भुक्तानी सेवा प्रदायकको अनुमति पाउनेमा ई सेवा प्राइभेट र प्रभु टेक्नोलोजी प्राइभेट रहेको छ । यी दुबैको चुक्ता पुँजी १०र१० करोड रुपैयाँ छ ।

२०७५ मा सेलकम प्राइभेट र सीजी पे नेपाल प्राइभेटले अनुमति पाएका हुन् । यी दुईको चुक्ता पुँजी क्रमशः १ करोड ५० लाख र १ करोड रुपैयाँ छ ।

त्यस्तै, २०७६ सालमा भुक्तानी सेवा प्रदायकको अनुमति पाउनेमा विभिन्न ८ वटा संस्था छन् । जसमा खल्ती प्राइभेट, पे नेप प्रा.लि., क्यु पे प्रा.लि., नेपाल पे टाइम प्रा.लि., स्मार्ट कार्ड नेपाल प्रा.लि., मोहर डिजिटल प्रा.लि., इ नेट पेमेन्ट प्रा.लि. र फोकसवान पेमेन्ट सोलुसन्स् प्रा.लि. रहेका छन् ।

कुनको पुँजी कति ?

त्यस्तै, अधिकांश संस्थाले २०७७ मा अनुमति पाएका छन् । जसमा कुराकानी पे, पेवेल नेपाल, गोल्डमाइन बिजनेश ग्रुप, वी पे, फिनटेक इन्टरनेशनल, लेनदेन सेवा, डिजी पे प्राइभेट, नेपाल इ बिज म्यानेजमेन्ट, आई पे, आई क्यास प्राइभेट, नेपाल डिजिटल पेमेन्ट्स कम्पनी, सुलभ पे प्राइभेट, छिटो पैसा प्राइभेट र सजिलो पे पेमेन्ट सर्भिसेज रहेका छन् ।

यीमध्ये सबैभन्दा बढी पुँजी नेपाल डिजिटल पेमेन्ट्स कम्पनीको छ । २०७७ चैत ३ गते मात्रै राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको अनुमति पाएको कम्पनीको चुक्ता पुँजी ४० करोड रुपैयाँ छ । त्यस्तै, अधिकांश संस्थाको चुक्ता पुँजी १ करोड रुपैयाँ छ । जुन न्यूनतम पुँजी हो ।

भुक्तानी प्रणाली सञ्चालकसहित चुक्ता पुँजी

त्यसैगरी, हालसम्म भुक्तानी प्रणाली सञ्चालकको रुपमा अनुमति पाउनेमा १० वटा संस्था छन् । जसमा नेपाल क्लियरिङ्ग हाउस, स्मार्टच्वाइस टेक्नोलोजिज, नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिष्टम्स्, युनियन पे इन्टरनेशन कम्पनी, भिजा वल्र्डवाईड प्राइभेट, नेपाल पेमेन्ट सोलुसन, मास्टरकार्ड एशिया तथा प्यासिफिक प्राइभेट, फोनपे पेमेन्ट सर्भिस, फस्ट पे टेक्नोलोजी प्राइभेट र गेटवे पेमेन्ट सर्भिस रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.