‘स्पोर्टी स्कुटर’ रे जेडआर सार्वजनिक

  २०७३ भदौ १४ गते ११:१६     विकासन्युज

काठमाडौं, १४ भाद्र । नेपालकालागि यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले नाडा अटो शोमा मंगलबार नयाँ सिग्नस रे जेडआर सार्वजनिक गरेको छ । स्कुटर सेग्मेन्टमा यामाहाको नयाँ उत्पादन चीरपरिचित ‘रे’ स्पोर्टी लुक्समा रहेको कम्पनीले जनाएको छ ।

Yamaha_Ray_ZR_scooty

कम्पनीका अनुसार रे जेडआरमा एअर कुल्ड ४–स्ट्रोक, एसओएचसी, सीभीटीजडित ११३ सीसी ‘ब्लु कोर’ इन्जिन जडान गरिएको छ । सीभीटीले स्कुटर सुरु हुँदा र गुडिराख्दा ‘स्मुथनेस’को आभाष दिलाउँछ । नयाँ स्कुटरको डिजाइन अतुलनीय रुपमा आकर्षक छ भने इन्धनको अधिकतम प्रयोगलाई प्रत्याभुत गर्छ र यसकै कारण यसको माइलेज ६६ किलोमिटर प्रति लिटर रहेको कम्पनीले जनाएको छ ।

‘मोटरसाइकल जगतमा स्कुटर सबैभन्दा तीव्र गतिमा वृद्धि भइरहेको सेग्मेन्ट हो । हाम्रो सेल्समा स्कुटरको ३९ प्रतिशत योगदान छ र आउँदो वर्ष हामीले २८ देखि ३० प्रतिशत बजार हिस्सा ओगट्ने लक्ष्य लिएका छौं,’ एमएडब्लुको सेल्स एन्ड बिजनेस डेभलपमेन्ट–एजीएम दिपक रौनियारले भने, ‘नेपाली बजारमा यामाहाको फेसिनो, रेजी र अल्फा निकै रुचाइएको छ । हामीलाई आशा छ, स्टालिस बडी भएको रे जेडआरले ट्रेन्डप्रति संवेदनशिल युवा राइडर्सको अपेक्षालाई पुर्ति गर्नेछ ।’ उनले यामाहाका स्कुटरहरुलाई नेपाली बजारमा सहर्ष स्वीकार गरिएको पनि बताए । ‘फेसिनो सार्वजनिक गरेपछि हाम्रो स्कुटर बिक्री तीव्र रुपमा बढेको छ । रे जेडआर ल्याएपछि हामी थप उत्साहित भएका छौं,’ उनले थपे ।

कम्पनीका अनुसार स्कुटरमा ‘कि सटर लकिङ सिस्टम’ राखिएको छ जसले स्कुटर चोरी हुनबाट बचाउँछ । चुच्चो टेल लाइटले स्कुटरलाई थप आकर्षक बनाएको छ । पछाडिको साइट लाइट बडीबाट बाहिर निस्कने गरी डिजाइन गरिएको छ जसले यसलाई स्पोर्टी देखाउँछ । साथै, डिस्क ब्रेक, ट्युबलेस टायर र रोबस्ट बडीमा कुँदिएको ग्राफिक्सले यसलाईस्पोर्टी स्कुटर बनाइदिएको कम्पनीको भनाइ छ । रे जेडआर डिस्क र ड्रम ब्रेकमा उपलब्ध छ । डिस्क ब्रेक मोडेल ‘म्याट ग्रिन’ र ‘फिज् ह्वाइट’ गरी दुई आकर्षक कलर र ड्रम ब्रेक मोडेल ‘माभेरिक ब्लु’ र ‘रुस्टर रेड’मा आउँछ ।

यामाहाले ग्राहकको आवश्यकता र मागअनुसार निरन्तर रुपमा स्कुटरका विभिन्न मोडेल उत्पादन गर्दै आएको छ । यामाहाको सिग्नस रे महिलाप्रति लक्षित थियो भने रे जेड युवाप्रति र प्रिमियम फेसनका लागि फेसिनो स्कुटर ल्याएको थियो । युवाहरुलाई लक्षित गरी स्टाइल, स्पोर्टीनेस र इनोभेसनले भरिएको नयाँ रे जेडआर ल्याएको कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.